ईन्द्रजात्रा – किंवदन्तीमा भक्तपुर

भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)

लिच्छविकालदेखि अस्तित्वमा रहेको काठमाण्डौको ईन्द्रजात्रा पर्वमा जय प्रकाश मल्लको समय (वि.सं.१८१२–१३) मा चलनमा रहेको गणेश, भैरव, कुमारीका रथ तान्ने प्रचलनले अझ उल्लासमय बनाएको छ । भक्तपुरको चितपोल स्थित ल्योशिङ्गुबाट ३६ फिट लामो सल्लाको रुख ल्याई भाद्र द्वादशीका दिन बसन्तपुर दरवार अगाडि ठड्याइ ईन्द्रजात्राको शुभारम्भ गर्ने गर्दछ । आठ दिन सम्म चल्ने यस जात्रामा विभिन्न स्थानमा भैरवको मुर्ती बाहिर ल्याई पुजा गर्ने गर्दछ । यसलाई नेपाल भाषामा यन्या जात्रा भनिन्छ । त्यस्तै भक्तपुरमा पनि यन्या पुन्हीको दिन ईन्द्रजात्रा मनाउने गर्दछ । स्वर्गमा हुनलागेको गणेशको पुजा गर्न ईन्द्रकि आमा अदिति पारिजातको फूल र खाइसी नामको एक फल (किप) आवश्यक भएको र उक्त फूल मर्त्यलोकमा मात्र पाइने भएकोले आफ्नो छोरा जयन्तलाई मर्त्यलोक पठाउदा ञलाथ्व चौथी (गणेश चौथी) का दिन गरिने चथा: पुजामा पुजा गर्न राखिएको पारिजातको फूल (कसैकसैले ‘चथाः स्वां’ पनि भन्ने गर्छन्) कसैलाई नसोधी टिपे । यसरी श्री गणेशको पुजा गरिराखेको फूल र फल चोरेकै कारण जयन्तलाई समातेर नगरको चोकमा बाँधेर राखे । जसलाई नेपाल भाषामा यमद्य: भन्ने गर्दछ । यो जात्रा चथा:को आठौं दिन द्वादशीका दिन (काठमाडौमा ईन्द्रध्वजोत्थानका दिन) हुने गर्दछ । यसरी तत्कालिन भक्तपुरको २४ वटै टोलहरुको चोकहरुमा काठको खम्बामा यमद्य: लाई बाँधेर राख्दछ । यमद्य:लाई बाँधेर राखेकै कारण यस समयको झरिलाई यमद्य:को आमा (ईन्द्रको श्रीमती शची) रुएको (यन्या झरी) भन्ने गरिन्छ । चतुर्दशीका दिन काठमाडौमा मनाइने ईन्द्रजात्राको दिन भक्तपुरको सिद्धपोखरीमा दिपावली गरिन्छ र भोलि पुर्णिमाको दिन खौमा स्थित भगवान इन्द्रायणीलाई खटमा राखेर बाजागाजा सहित जात्रा गरेर सिद्धपोखरीमा पुर्याईन्छ । रंजितकार समुदायले लाखे निकाली ईन्द्रायणीको खट संसंगै सिद्धपोखरी परिक्रमा गरिन्थ्यो रे । तर हाल लाखे नाचले निरन्तर भने पाउन सकेको छैन । यसै दिन ईन्द्रायणीको दर्शन गर्न आउने भक्तालुहरुको घुइँचो लाग्ने गर्दछ । मल्लकालमा भक्तपुरलाई माथिल्लो, मध्य, र तल्लो क्षेत्र गरि तीन क्षेत्रमा बाँधेको थियो ।

प्रतिपर्दाको दिन माथिल्लो क्षेत्र सकोलानबाट यामता (त्रिशुल आकारको बति) र वाकुपती नारायणबाट मुपात्र ल्याउने गर्दछ । यो यामता बति हेर्यो भने आँखा तेजिलो हुन्छ भने जनबिश्वास पनि रहि आएको छ । आठ दिनको जात्राको अन्तिम तीन दिन मुपात्र जात्रा हुने गर्दछ । जात्राको पहिलो दिन भक्तपुर नगरका सलांगणेश, दोस्रो दिन छुमा गणेश र तेस्रो दिन मसान भैरवसँगसँगै मुपात्र जात्रा चलाइन्छ । मुपात्र भन्नाले पाताललोकको एकदम शक्तिशाली दैत्यराज हुन । नगर परिक्रमा गर्ने क्रममा जयन्तलाई सजाय दिन दैत्यराजले तीन पटक तरबारले यमद्य:लाई प्रहार गर्छन् । त्यही कुराको सम्झना गराउन जात्राको मुपात्रले टोलमा ठड्याइराखेका लिंगोलाई खड्गले प्रहार गर्ने चलन चलेको हो । त्यतिबेला जात्रालुले ठूल्ठूलो स्वरमा ‘ह्याचायगू कप मुपात्र, गेरा म्येसा ला’ अर्थात् हाँसको टाउको र गैँडाको मासु खाने मुपात्र भन्दै जिस्क्याउँछन् । मुपात्रसँगै दायाँबायाँ दुई अन्य व्यक्ति हुन्छन् । धिचा भनिने उनीहरू दैत्यराजका सहायक अर्थात् मन्त्री हुन् । मुपात्र जात्रा भक्तपुरको इन्द्रजात्राको प्रमुख आकर्षणको रुपमा लिइन्छ । दोस्रो दिनको जात्रा भक्तपुर दरबार स्क्वायरका चार धाम मन्दिरबाट नगर परिक्रमा गरी दरबार स्क्वायरमै पुगेर समापन हुन्छ । यसदिन भक्तपुरको मध्य क्षेत्र गोल्मढीबाट यामता ल्याउने गर्दछ । अन्तिम तेस्रो दिन टौमढीस्थित भैरव मन्दिरबाट सुरु भई त्यहीं पुगेर जात्रा सम्पन्न हुन्छ । यसदिन भक्तपुरको तल्लो क्षेत्र बंशगोपालबाट यामता ल्याउने गर्दछ । यसरी यामता मानन्धर समुदायले मात्र ल्याउने प्रचलन रहेको छ । जयन्तलाई छुटाउन पठाएको सल्ला गणेश र छुमा गणेशसंगको कुरा नमिलेपछि मुपात्रसंग युद्ध गर्न यसदिन मसान भैरव र ईन्द्रको बहान ऐरावत हातीलाई पठाएको सम्झनामा लाकोलाछें टोलबाट पुलुकिसी जात्रा हुने गर्दछ । पुलुकिसीले नगर परिक्रमाका क्रममा तौलाछें स्थित तलातुन्छी (इनार) मा पानी खाने र दत्तात्रय र लायकुमा आगो ताप्ने कार्य पनि भक्तपुरको ईन्द्रजात्राको प्रमुख आकर्षणको रुपमा लिइन्छ । यस पुलुकिसीले मुपात्रलाई भेटाएमा कुल्चेर मरिदिन्छ भन्ने पनि गरिन्छ । तसर्थ मुपात्र र पुलिकिसीको दुरी भने कायम गरिन्छ । यसै दिन जयन्त (यमद्य:)लाई छुटाएर यसै हातीमा सवार गरि स्वर्गलोक लगिन्छ भनि यमद्य: धालेर ईन्द्रजात्राको समापन गरिन्छ ।

लेख: GR Ranjit

फोटो: दिनेश रन्जितकार