कालदह – किंवदन्तीमा भक्तपुर
गुन्ही पुन्ही/जनै पुर्णिमा (Janai Purnima)
गुन्ही पुन्ही/जनै पुर्णिमा (Janai Purnima)
जनै पुर्णिमाका दिनलाई नेपालका नेवार समुदायले गुन्ही पुन्हीको रुपमा मान्दछ । यस पुर्णिमालाई नौ पटक देश परिक्रमा गर्ने दिनको रुपमा पनि मान्दछ । यस दिन नौ थरीको लुगा लगाई नौ थरीको गेडागुडीको भोग गरि नौ वटा हितिमा मुख धुई नौ पटक देश परिक्रमा गरेको खण्डमा मोक्ष पाउँछ भन्ने जनबिश्वास रहेको छ । यी नौ वटा हितिहरु सबै पुर्वाभिमुख रहेको छ ।
यस दिन चिन्नु पर्ने नौ वटा हितिहरु
१. तचपाल भिंद्य:को पछाडी रहेको हिति
२. बुलबुल हिति, सुकुलढोका
३. त्रिपुरसुन्दरी हिति, तौलाछें
४. मंगलकुण्ड संगैको हिति, नासमना
५. गणेश स्कुल भार्वाचो तँ क्वय हिति ईचादोल
६. कौमारी पिठ जाने बाटोमा रहेको हिति
७. सुर्यबिनायक मन्दिर जाने उकालो रहेको हिति
८. पातिङ्ग हिति, इनाचो
९. असँग हिति भार्वाचो
यसैदिन ब्यासी औधोगिक क्षेत्र भित्र अवस्थित कालदहमा मेला लाग्ने गर्दछ । यस दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेवको दर्शन पश्चात् दरवार स्क्वायरस्थित सिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गए सरह पूण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । सिलु महादेवको मन्दिर आजको एकदिनको लागि मात्र खोलिन्छ ।
यसैदिन चार दिन अघिदेखि भिजाइएको ९ थरिका गेडागुडीको झोल खाने गरिन्छ । जसलाई ‘क्वाती’ भनिन्छ । जसमा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल भन्ने हुन्छ । क्वाती ९ थरिका गेडागुडीको मिश्रण हो । मास, भटमास, मस्याङ, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना, सिमी, बोडी, बकुल्ला, मुंगुलगायत गेडागुडीको मिश्रण नै क्वाती हो । क्वाती नौ थरीका प्रोटिनयुक्त गेडागुडी मिसाएर बनाएको खानेकुरा हो । सिनाज्या (रोपाई) मा शक्ति धेरै खर्चिने भएकोले शरिरलाई बलियो बनाउन धेरै प्रोटिनको आवश्यकता पर्दछ । प्रोटिनको प्रमुख श्रोत भनेको गेडागुडी हो । तसर्थ गुंलाथ्व पुर्णिमाको दिन क्वातीको भोग गर्ने भएकोले नै यसलाई क्वाती पुर्णिमा भनिन्छ । गथेमुगका दिन एउटा दांत भाचेको लाम्खुट्टेको यस दिन देखि अर्को दांत पनि भाच्छ भने गरिन्छ । जसको अर्थ नाग पञ्चमीबाट सुरु भएको जाडोले लाम्खुट्टेहरुको टोकाइ शक्ति क्षीण हुनु हो ।
नेपाल एक कृषिप्रधान देश हो । यहाँ मनाउने धेरै जसो चाडपर्वहरु पनि कृषि संग सम्बन्धित हुने गर्दछ । सिनाज्या पछि आउने प्रमुख चाड क्वाती पुन्ही पनि  कृषिसंग नै सम्बन्धित रहेको छ । सिनाज्या गर्न धेरै पानीको आवश्यकता पर्दछ । पानी पार्नकोलागी भ्यागुतोहरुले विशेष भुमिका खेलेको हुन्छ । त्यस्तै खेतबारीमा हुने किरा फटयांग्रोहरुलाई पनि भ्यागुतोहरुले नै खाइ धनबाली राम्रो गर्न ठुलै भुमिका रहेको हुनाले भ्यागुतो भनेका हाम्रा असल मित्र हुन भनी भ्यागुताहरुलाई पानको पातमा भातको गोजा (भातको सानो चैत्य) बनाई त्यसमा मुलाको न्हेपंचा (मुलालाई गोलो आकारमा काटेर सिंका घोचेर झण्डा बनाउने) लगाई नौ थरीको गेडागुडीबाट निर्मित क्वाती राखी पुजा थाली सजाई खेतमा गई भ्यागुतोलाई पुजा गरि उक्त परिकार खुवाउने गर्दछ । यसरी पुजा गर्न जाने मानिसहरुले पनि केही नखाई आउनु हुन्न भनी आफुले बोकेर लगेको क्वाती, मल्पा खाएर आउने गर्दछ । यस दिन यातु महादेव (निष्कलंकेश्वर महादेव) मा “भ्यान्चा जा” चढाउन आउनेहरुको घुइचो नै लाग्ने गर्दछ भने यसैदिन लायकुको “धिन्तान धिसी” ल्याउने गर्दछ ।
यसदिन ब्राम्हण र क्षेत्री समुदायले भने आफुले लगाएको जनै फेर्ने दिनको रुपमा लिइन्छ ।
कालदचा/ कालदह/ धल्चा पुखु: (Kaal daha)
कालदचा/ कालदह/ धल्चा पुखु: (Kaal daha)
समुन्द्र मन्थन गर्दा निस्केको कालकुट बिष महादेवले पिएपछि बिषको दाहा सहन नसकेर दाहा शान्त पर्न बनाएका कुण्डहरु सबैमा जनै पुर्णिमाका दिन मेला लाग्ने गर्दछ । यसरी जनै पुर्णिमाका दिन मेला लाग्ने कुण्डहरुमा
१. कालदह
२. महादेव पोखरी
३. गोसाइँकुण्ड
भक्तपुर नगरपालिका वडा नं २ ब्यासी औद्योगिक क्षेत्र भित्र कालदह अवस्थित रहेको छ । जनै पुर्णिमाका दिन मेला लाग्ने यस कुण्डसंगै सिलु महादेवको मुर्ती अवस्थित रहेको छ । गोसाइँकुण्डमा मेला भर्ने क्रममा नुहाउन लाग्दा हराएको औंठी पछि यस कालदहमा फेला परेको किंवदन्ती रहेको कारण गोसाइँकुण्डकै प्रतीक मानिने यस कालदहमा जनै पुर्णिमाका दिन बिहानैदेखि स्नान गर्नेको भीड लाग्ने गर्दछ । यस दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवार स्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गए सरह पूण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । नेपाल भाषामा यस दहलाई धल्चा पुखु: वा कालदचा पुखु: पनि भनिन्छ । जनै पूर्णिमा कै दिन यस कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास पनि रहेको छ ।