नेवार – किंवदन्तीमा भक्तपुर

नयार देखि नेवार सम्म
नयार देखि नेवार सम्म

(from Nayar to Newar)

इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’ ले सुनेको भनाइ अनुसार ‘चन्द्रभागा नदी किनारको बाह्रमल्लारका अम्बल (क्षेत्र) मा नयाँ देश छ । त्यही नयाँ देशबाट नेवारहरू आएका हुन् ।’ यस भनाईमा बताइएको चन्द्रभागा नदि गढवाल र हिमाञ्चल प्रदेशमा रहेको चन्द्र नदि र भागा नदि टाँडी क्षेत्रमा मिसिएर बनेको नदि हो । हालको चेनाव नदि नै चन्द्रभागा नदि हो । यस क्षेत्रमा नयार भन्ने ठाउँ रहेको छ । नयार भित्र बाह्रस्यूँ क्षेत्र र शकहरूको मल्लारी (पुरातात्विक महत्वको) क्षेत्र पनि रहेको छ । यसै स्थानबाट आएका ब्यक्तिहरु नै काठमाण्डौ आएर नेवार भएका थिए । काठमाण्डौ उपत्यकालाई नै नेवार समुदायको मुल थलो मानिन्छ । शिवराज श्रेष्ठ ‘मल्ल’का अनुसार, ‘नेपाललाई एकीकृत गराउने कुनै समुदाय छ भने त्यो नेवार समुदाय हो । गोपालवंशीहरू आए र नेवारकै ज्यापु समुदायमा मिसिए । सुनकोशी र तामाकोशीबाट किराँतहरू पनि आए । किराँती भाषा र नयारहरुको भाषा मिसिएर नयाँ भाषा बने जसलाई नेपाल भाषा भनिन थाले । वैशालीबाट आएका लिच्छविहरू, उज्जैनका मल्ल र मध्ययुगका खसहरु पनि नेवारमा मिसिएको छ । यहाँको नेवार समाज कस्तो रह्यो भने जो–जति पनि यहाँ आएका थिए, ती सबैलाई आफूमा समाहित गराइदै आफूजस्तै बनाइयो । यसरी यहि हो नेवार भनेर ठम्याउन कथिन भएको हुन्दा नेपाल भाषा बोल्ने र नेपाल उपत्यकामा विकास भएको संस्कृति र सभ्यतालाई अंगिकार गर्ने सबै नेवारमा रूपान्तरित भएका थिए । जसको भाषा र संस्कृति मिल्यो, त्यो नै नेवार हो ।

एघारौं शताब्दीमा मिथिलाको राजधानी सिमरौनगढ बनाउने नान्यदेव त्यही नयार देशबाट आएको थियो । नान्यदेवका पुर्खा सम्भवतः महाभारत युद्धपछि अयोध्याबाट दक्षिणी राजस्थान र उत्तरपूर्वी महाराष्ट्र हुँदै दक्षिण पश्चिममा पर्ने कोकण देशमा बसेको देखिन्छ । बम्बईबाट दक्षिणमा पर्ने कोकण भन्ने ठाउँलाई नै अहिले कर्नाटक भनिन्छ। त्यहाँ सूर्यवंशीहरू छन् । कतिले आफूलाई रघुवंशी अर्थात् रामकै सन्तान पनि भन्छन् । त्यही ठाउँबाट उनीहरू हिमाञ्चलमा रहेको नयाँ देश पुगे, जसलाई नयार भनिन्छ । यस राज्यका एक नागरिक शक्तिसिंहदेवका दुई छोराहरु थिए – नान्यदेव र श्यामसिंहदेव । श्यामसिंहदेव नयार मै बस्थे भने नान्यदेव २०–२१ वर्षको उमेरमा दिल्लीका राजाकहाँ काम गर्न बसे । दिल्ली त्यति बेलाको इन्द्रप्रस्थ हो । नान्यदेव दिल्लीमा काम गरिरहेकै बेला उनका आमाबुवा र श्रीमतीको मृत्यु भयो । उनी निराश भएर अयोध्या गए । त्यही क्रममा उनले कुलदेवी तुलजा भवानी अनि गाडेर राखेको धन भेटेको भनिन्छ । त्यही धनबाट उनले विशाल गढ भएको राजधानी सिमरौनगढ बनाएको भन्ने भनाइ छ । नान्यदेवका दुई छोरा थिए– मल्लदेव र गांगदेव । नान्यदेवले गांगदेवलाई सिमरौनगढको गद्दीमा राखे । मल्लदेवलाई भने मिथिलाको उत्तरपूर्वी क्षेत्रको राजा बनाए । मल्लदेवको राज्य सिन्धुली–दोलखा–पलाञ्चोकसम्म फैलिएको हुनसक्छ । गांगादेव पछि क्रमश नृसिंहदेव, शक्तिदेव, रामसिंहदेव, र हरिसिंहदेवले शासन गरेका थिए । सिमरौनगढका अन्तिम राजा हरिसिंहदेव दिल्लीका बादशाह गयासुद्दिन तुगलकको आक्रमणबाट भाग्दै सहायता माग्न सुरूमा दोलखा गएका थिए भन्ने कुराले पनि यही संकेत गर्छ कि त्यहाँ कोही आफन्त भएरै उनी गएका होलान् । उनको बाटैमा निधन भयो । त्यसपछि उनकी रानी देवलदेवी, छोरा जगतसिंह देव, आफूसँगै आएका भाइभारदार र सिमरौनगढका केही जनतालाई लिएर नेपाल उपत्यका आइन् । उनिसंग आएका जनताहरुमा सिंह, प्रजापती, मुनंकर्मी, राठौर, कायस्थ, राजपुत, क्षत्रीय र ब्राह्मण (छ थरे शैवमार्गी नेवारहरू) आदि थिए । पछि यिनीहरु सबैपनि नेवार भए । त्यस्तै मदेशबाट ल्याएका कालिगडहरु शिल्पकार, रंजितकार, चित्रकार, ताम्राकार, आदि कार थपेकाहरु पनि नेवारमा समाहित हुन पुगे । रोगको निवारण गर्न ल्याएका वैद्य, जोशी, आदि थरका मानिसहरु पनि नेवार बन्न पुगे । तिब्बतबाट नेपाल उपत्यका प्रवेश गरेका केही मंगोल जातिका बौद्ध धर्मालम्बीहरू पनि नेवार समुदायमा रूपान्तरित भएका थिए । त्यस्तै नेपाल भाषालाई आफ्नो मातृभाषाको रूपमा अंगिकार गरेका मुसलमान र क्रिस्चियनहरू पनि नेवार भएका थिए।

‘इसा पूर्वको एक हजार वर्ष र इसापछिको एक हजार वर्षभित्र पूर्व–पश्चिम, दक्षिण–पश्चिमबाट आएका तिब्बती बर्मेली र आर्य भाषाभाषीको समिश्रणबाट एउटा नयाँ समुदायको जन्म भयो । दोस्रो सह्रशताब्दीको आसपासमा यसको स्पष्ट पहिचान हुन थाल्यो र संस्कृति, सभ्यता, कला, नेपाल सम्बत, नेपाल भाषा, नेपाल लिपि लगायत विकास भयो । यसरी जन्मिएको समुदायलाई नेपाल शब्दको प्राकृत रूप नेपाल/नेबाल भनियो र पछि नेवार भन्न थालियो । नेपाल मण्डल मूलतः यही समुदायको आदिभूमि हो ।

लेख: GR Ranjit

स्रोत: Sabina Shrestha, मिथिलाका कर्नाटवंशीहरू र नेपाल मण्डलमा उनीहरूको प्रभाव (भाग–१)

प्रजापति (Prajapati)
प्रजापति (Prajapati)

नेवार समुदाय अन्तर्गत रहेका विभिन्न थरहरु मध्य प्रजापति पनि एक हुन । झट्ट हेर्दा प्रजाहरुको पति अर्थात राजा भनेको जस्तो देखिए तापनि नेपाल मण्डलमा यी थरका मानिसहरु कुनै राजा वा राजनीतिसंग सम्बन्धित रहेको भने देखिन्दैन । संस्कृतिविद सत्यमोहन जोशीका अनुसार यी थरका मानिसहरु दक्ष प्रजापतिका सन्तती हुन भनेका थिए । प्रजापतिलाई नेपाल भाषामा कुम्ह भनिन्छ । “कुम्ह” शब्द कुम्भकार शब्दबाट अप्रभंस भएर बनेको शब्द हो । कुम्भकार जातीका मानिसहरुले माटोको भाडाकुडाहरु बनाउने गर्दछन । यसै कुम्भकार शब्दबाटै कुम्भ र कुम्भबाटै कुम्ह भएका हुन । नेपाल भाषाका शब्द कुम्हलाई खसकरण गरि हाल कुमाले पनि भन्ने गर्दछ । यी कुम्हहरुको समूह तेह्रौं शताब्दी तिर बंगाली मुस्लिम शासक गयासुद्दिन तुगलकको आक्रमण पछि सत्ताच्युत भएपछि सिम्रौनगढका राजा हरिसिंहदेवसंगै सिन्धुली, दोलखा, पलाञ्चोक, हुन्दै भक्तपुर आएका थिए । नेपाल आउनेक्रममा कुम्हहरु समूहबाट छुटेर बाटो हराएपछि श्री तलेजु भवानीको पुजा गर्नाले पुन: बाटो मिलेर समूहसंग भेट भएको थियो भन्ने गरिन्छ । यस पुजालाई लांपुजा भन्ने गर्दछ । यो संस्कृती प्रजापतिहरुमा मात्र रहेको छ । लां भन्नाले बाटो हो । यसरी बाटो मिलोस भनेर गरिने पुजा नै लांपुजा हो ।

नेपाल मण्डल पुगिसकेपछि यिनीहरुले माटोकै भाडाहरु बनाएर बेच्ने गरे । सुरुसुरुमा माटोको भाडो बनाउदा जहिले पींढ फुटेर हैरान भएका थिए । हैरान भएका प्रजापतिहरुको सामु जहिले एउटा हाँस आई ‘फितिफिति’ आवाज निकालेर हिडेको आवाजले भाँडाेकाे पींढमा बालुवा राखेर पींढ सम्याउनेतिर चिन्तन गर्न पुगेर बालुवा राखेर हेर्दा साँच्चैनै भाँडाे नचुहिने भएकाे कारणले उप्रान्त पींढमा बालुवा राखेर भाँडाे बनाउन थाल्याे । अनि उप्रान्त हाँसलाई गुरु मान्न थाल्याे भन्ने जनश्रुति रहेकाेछ । फितिफितिको अर्थ नेपाल भाषामा “बालुवा हाल्नु बालुवा हाल्नु” हो । त्यसैले गर्दा भक्तपुरका तल्लो भेगका प्रजापतिहरुले हाँसको मासु खान्दैनन भन्ने गरिन्छ । जाडोको मीनपचासको बिदामा बिस्का जात्रामा घर पुग्ने गरि प्रजापतिहरु अन्य जिल्लाहरुमा युवाहरुकाे टाेली बनाई माटाे खाेजेर, माटाे भाँडाे बनाएर, आगाेमा पाेलेर, बजारमा लगेर बचेर अन्न र नगद आम्दानी गरेर घर फर्किने गरिन्छ । यसलाई “ज्या लूवानेगु” भनिन्छ । ज्या लूवानेगु गरि फर्केपछि सुर्य देवताको पुजा गरि भोज गर्ने गर्दछ ।

लेख: GR Ranjit

स्रोत: Jaya Ram Prajapati, Amrit Mishra

माता तिर्थ औशी (Mata tirtha aushi)
माता तिर्थ औशी (Mata Tirtha Aushi)

नेपालमा मनाइने विभिन्न प्रकारको चाड पर्व मध्य माता तिर्थ औशी पनि एक हुन । यसलाई नेपाल भाषामा माताती औशी भनिन्छ । नेपाल सम्बत चौलागा मास औशी तिथि (बैशाख महिनाको कृष्ण औशी) को दिन मनाइने यस पर्व कहिले र कसले सुरु गर्यो भने कुनै तथ्य प्रमाण छैनन । मानव सभ्यतासंग जोडिएको हुनाले यो पर्व मानव बिकाससंगै शुरु भएको मान्न सकिन्छ । यो पर्वलाई श्रद्धा, आदर, र भक्तिको रुपमा पनि लिइन्छ । बिबाह पश्चात् टाढा रहेका चेलीहरुले अरुबेला आफ्नै काममा ब्यक्त भएपनी आफ्नो जननी सम्झेर माइती आउने र जननीलाई मिष्ठान भोजन गराउने हेतुले शुरु भएको हुनु पर्छ यो पर्व । चेली संसंगै छोराहरुले बर्ष भरी स्याहार सुसार गरेपनी पोषण तत्वको अभाव नहोस भने यस दिन आफ्नो जननीलाई मिष्ठान्न भोजन गराउने गर्दछ । अरु दिन नुहाए पनि आमा हुनेहरुले यस दिन नुहाउन हुन्दैन ।

Nepalese Hindu devotees take part in rituals to mark the Mother’s Day Festival at Matathirtha on the outskirts of Kathmandu on May 6, 2016.
Nepalese Hindu devotees come from across the country to bathe, offer prayers and leave offerings at the Matathirtha Temple during the event, which honours mothers who have passed away. / AFP PHOTO / PRAKASH MATHEMA

आफ्नो माता नभएकाले यश दिन नुहाएर आमाको स्मरण गरि सिरा दान गर्ने गर्दछ । यस दिन मातालाई सम्झेर श्राद्ध समेत गर्ने गरिन्छ । काठमाडौको माता तिर्थमा यसै दिन आमा नहुनेहरु आई स्नान गरि पुजा अर्चना समेत गर्दछ । आफ्नो आमा बितेपछी दु:खी भएका छोराले मातातिर्थको पोखरीमा हेर्दा आफ्नो आमा देखेपछी मातातिर्थ औशीका दिन माता तिर्थ जाने चलन चलियो ।

लेख: GR Ranjit

बेतद्य: (Beta Dyo)
बेतद्य: (Betadyo)

भक्तपुरमा मनाइने बिस्का जात्रामा तानिने भैरवनाथको रथको अगाडी सारथीको रुपमा रहेका देवता नै बेतद्य: हो । बेतद्य: भैरवनाथको आसन हुन जो रगत र हिंसामा सौखिन छन । अशुभ शक्ति र अशुभ भाग्यबाट मानिसको रक्षा र कल्याणको लागि भगवान भैरवको चरणमा बेतद्य:लाई सधैं राख्ने गर्दछ । भक्तपुरमा मनाउने बिस्का जात्रा हेर्न र भद्रकाली मातालाई खोज्न काशी बिश्वनाथ मानिसको रुप धारण गरि नेपालमा आएका थिए । जात्रा हेर्ने क्रममा नेपालका तान्त्रिकहरुले चिनेर नेपालमै रोक्न खोज्दा काशी बिश्वनाथको शिर छेडन भयो । त्यही छेडन भएको शिरलाई आज हामी भैरवनाथ भन्दछौ । भैरवनाथ नफर्किएको कारण भैरवलाई खोज्दै बेतद्य: एक सानो सात बर्षको बालक भई तेल बेच्दै नेपाल आई पुगे ।

यसरी तेल बेच्दै आएका कारण यस देवतालाई मानन्धरहरुको छोराको रुपमा लिने गर्दछ । एक लोककथा अनुसार बेतद्य: एक असभ्य केटा थियो जसले सधैं पकाएको खाना बिगार्ने, सुतिरहेका मानिसहरूलाई थप्पड हान्ने, भर्याङबाट खसाल्ने जस्ता उत्सृङ्खल कार्यहरु गर्थे । यहि कारण बेतद्य:लाई सधै बाँधेर राख्ने गरिन्छ । बाँधेर राख्दा पनि तह लगाउन नसकेपछि धलिन माथी घोप्टो पारेर बाँधेर राख्ने गरिन्छ । यसरी बाँधेर राखेको बेतद्य:लाई मानन्धरहरुले बोकेर भैरवनाथको रथमा राख्ने गर्दछ ।

एक समय तिब्बतीहरु नेपाल जित्ने अभिप्रायले नेपाल आउँदा कहाँ पुगिएको थाहा नपाई बटुवाहरुलाई सोध्दै आउने क्रममा बाचामारी पुगेर भक्तपुर तिर हेर्दा सानो बालक बेतद्य:ले एक हातले “हस्ते” गर्दै भैरवनाथको रथ तान्नेछ र अर्को हातले “हाइसे” गर्दै लिङ्गो उठाएछ । एक ब्यक्ति नै यति बलिया भए सबै आए हाम्रो के होला ? भनी तिब्बतीहरु डराइ भागेका कारण जीवन रथार्थ बेतद्य:लाई भगवान मानी पुजिन्दै बिस्का जात्रामा रथको अगि राखिन थालेको भन्ने प्रचलन पनि रहि आएको छ ।

लेख: GR Ranjit

स्रोत: Amrit Mishra

मुनंकर्मी (Munankarmi)
मुनंकर्मी (Munankarmi)

नेवार समुदाय अन्तर्गत रहेका विभिन्न थरहरु मध्य मुनंकर्मी पनि एक हो । जसरी मारी (रोटी) बनाउने लाई मारिकर्मी, सिं (काठ) को काम गर्ने लाई सिकर्मी र ल्वहं (ढुङ्गा) को काम गर्नेलाई ल्वहंकर्मी भनिन्छ त्यसरी नै मुनं बनाउनेलाई मुनंकर्मी भनिन्छ । मुनं शब्द नेपाल भाषाका दुई शब्दहरु मिलेर बनेको हो । “मु” भन्नाले मुख्य हो भने “नं” भन्नाले लुगालाई जनाउदछ । यसरी मुख्य लुगालाई मुनं भन्ने गरिन्छ । कस्तो बस्त्रलाई मुख्य लुगाको रुपमा लिइन्छ भन्ने प्रश्नको उत्तरमा तलेजु भवानीलाई चढाउने बस्त्रलाई मुख्य लुगाको रुपमा लिने गर्दछ । तलेजु भवानीलाई लगाई दिने बस्त्रलाई मानंमुनं भन्ने गर्दछ भने तलेजु भवानीले लगाउने सारीलाई “ईहिंप्रासी” भनिन्छ । तसर्थ मानंमुनं र ईहिंप्रासीलाई मुख्य लुगाको रुपमा लिने गर्दछ । यहि मानंमुनं र ईहिंप्रासी बनाएर चढाउनेहरुलाई नै मुनंकर्मी भन्ने गर्दछ । मुनंकर्मीहरुले आफ्नो आगंछेँमा बसेर उक्त लुगा बुन्ने गर्दथे ।

लेख: GR Ranjit

स्रोत: Ram Gopal Ranjit , Purna Munankarmi

चथा: पुजा (Chatha Puja)
चथा: पुजा (Chatha Puja)

नेपालका नेवार समुदायले विभिन्न पर्वहरू वर्षभरि नै मनाउँदै आएका छन् । यस्ता चाडपर्वहरू मध्ये चथा अर्थात गणेश चौथी पनि एक हो । यो पर्व भाद्र शुक्ल चौथीका दिन मनाइने गरिन्छ । यसलाई नेपाल भाषामा चथा भनिन्छ र यस दिन पुजिने देवतालाई चथा देवता भनिन्छ । यस दिन भक्तपुरको नवदुर्गा गणमा भगवान गणेशको सृष्टि हुने गर्दछ । त्यसैले यस दिनलाई गणेश चौथी पनि भन्ने गरिन्छ । यस दिन बिहानैदेखि भक्तजनहरू नजिकका गणेश मन्दिरमा गई पूजा, अर्चना गर्ने गर्दछन् । भगवान गणेशको पुजा बिहान गरेतापनी चथा: गणेशको पुजा भने चन्द्रमा देखेपछि रातिको समयमा गर्ने गरिन्छ । चथा: पुजा किन राती गरिन्छ भन्ने सम्बन्धी एक किंवदन्ती रहेको छ । भगवान गणेशको रुप माथी चन्द्रदेवले खिल्ली उदाएकोले गणेश क्रुद्ध भै चन्द्रदेवलाई सराप दिएको थियो कि अब उपरान्त कसैले चन्द्रको दर्शन गरे चन्द्र दोषलाग्ने छ जसले गर्दा मिथ्या चोरीको दोष लाग्ने छ । यसै सरापले गर्दा सबैले चन्द्रदेवको दर्शन गर्न छोड्यो । आफ्नो गल्ती महशुस गरि चन्द्रले भगवान गणेशसंग क्षमा माग्यो र गणेश प्रशन्न भै सबै सराप त फिर्ता लिन सक्दिन तर ञलथ्व चतुर्थी (चथा:) को दिन बाहेक अरु दिनको दोष क्षमा गरि दिए । त्यसैले चथा:को दिन चन्द्रमा हेर्नू हुन्न भनी आजसम्म पनि थिमीमा लुक्ने प्रचलन रहिआएको छ । द्वापरयुगमा भगवान कृष्णले चथा:का दिन चन्द्रमा हेरेको हुनाले मिथ्या चोर दोष लागेछ र उहाँ माथी स्यमन्तक मणिको चोरी तथा प्रसेनको हत्याको मिथ्या दोष लागेपछी श्री गणेशको पुजा गरि क्षमा माग्नाले उक्त दोषबाट मुक्त हुनु भयो र त्यसै दिन देखि चथा:को दिन श्री गणेशको पुजा गरि चन्द्र दोषबाट मुक्त होस भनी क्षमा माग्न गणेशको पुजा गर्ने प्रचलन चल्दै आएको हो । त्यसैले यसदिन चन्द्रमा हेर्नू हुन्न भन्ने मान्यता रहेको छ । यदि गल्तीले चन्द्रमालाई हेर्यो भने चन्द्र दोष नलागोस भनी क्षमा माग्दै गणेशको पुजा गर्ने गरेको हो । चथा: लाई दशैंकाे श्रीगणेश पनि भनिन्छ । चथाकाे २७ औं दिनमा घटस्थापना हुन्छ।चथा जस्ताेगरी मनाइयाे दशैंपनि त्यस्तै हुन्छ भन्ने जनविश्वस छ।त्यसैले चथामा पनि दशैंमाझैं भाेज बनाएरै खान्छन्,अदुवाकाे बाेट चढाइन्छ।

लेख: GR Ranjit

श्रोत: धनेश राज राजोपाध्याय