Silu Mahadev – किंवदन्तीमा भक्तपुर
सिलु महादेव/ फसि देग: (Silu Mahadev)
सिलु महादेव/ फसि देग: (Silu Mahadev)
रसुवा जिल्लाको एक प्रसिद्ध तिर्थस्थल हो गोसाइँकुण्ड । गोसाइँकुण्ड हिन्दु तथा बौद्ध दुबै धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थान हो । समुन्द्र मन्थन गर्दा निस्केको कालकुट बिषले संसार नै दग्न हुनलाग्दा भगवान शंकरले उक्त बिष पिएर कण्ठमा राखी निलकण्ठ नामले परिचित हुनु भयो । उक्त बिषको दाहा सहन नसकी भगवान शंकर यसै गोसाइँकुण्डको चिसो पानी पिएर दाहा शान्त पारेका थिए र यसै स्थानमा सिलु महादेव भनी स्थापित हुनु भयो । यसै सिलु महादेवको दर्शन गर्न हजारौ मानिसहरु जनै पुर्णिमा र यसको अघिल्लो एकादसीमा पुग्ने गर्दछ । यहि सिलु महादेव युनेस्कोको रेकर्ड अनुसार नवौ शताब्दी तिर भक्तपुरमा पनि स्थापना गरेको थियो । भक्तपुर दरवार स्वायरको उच्च मन्दिरको रुपमा चिनिने यस सिलु महादेव राजा जितामित्र मल्लले अस्तित्वमा ल्याएका थिए । यस मन्दिरमा जनै पुर्णिमाका दिन मेला लाग्ने गर्दछ । ब्यासी औद्योगिक क्षेत्रमा रहेको कालदहमा नुहाएर यस सिलु महादेवको दर्शन गर्नाले गोसाइँकुण्ड गए सरह पुण्य मिल्दछ भने जनबिश्वास रहेको छ । मल्लकालिन समयमा शिखर स्वरुपमा रहेको यो सिलु महादेव मन्दिर १९९० सालको भुकम्पले भत्किएको थियो । उक्त समय राणाकालमा यस मन्दिर गुम्बज शैलीमा निर्माण गर्न लगायो । यस मन्दिर सर्वसाधारणको दैनिक पुजा आजाको लागि नखोलिने भएकोले यसको नाम त्यति जनमानसमा फैलन सकेन र त्यस समय जनताका घरहरु होचा हुन्थे । टाढाबाट हेर्दा गुम्बज शैलीको मन्दिर फर्सी आकारको देखिएको हुनाले फसिदेग भनेर चिनिन थालियो । गुम्बज आकारमा निर्मित यस मन्दिर पाँच तल्ला माथी अवस्थित रहेको छ । यस पाँच तल्लालाई “पञ्च महा भुत” को रुपमा चिनिन्छ । पञ्च महा भुत अन्तरगत “रुद्र”, “ईश्वर”, “बिष्णु”, “ब्रम्ह” र “शिव” रहन्छ ।
Photo: Bhaktapur.com