बजि (चिउरा) बनाउने परम्परागत विधि (Nepal Bhasa: बजि, Nepali: चिउरा, Chiura, English: Flattened Rice)आधुनिक समाजमा सम्पुर्ण सामानहरु ठुलठुलो मल, डिपार्टमेन्टल स्टोरहरुबाट आउन थालेपछि पुराना विधिहरु बारे जानकारी नभैसकेको अवस्था छ । जसमा चिउरा बनाउने विधि पनि एक हुन । आधुनिक मेसिनहरु आउन थालेपछि परम्परागत विधि एक प्रकारले लोप हुन पुगे । आज हामी यहाँ Baji बजि (चिउरा)बनाउने परम्परागत विधि बारे चर्चा गर्छौ ।
Baji बजि (चिउरा) बनाउन सर्वप्रथम सुकेको धानलाई अथ (माटोको ड्रम आकारको भाडो) मा राखेर भिजाई राखिन्छ । यसरी भिजाएको धानलाई फसि (तामाको एक प्रकारको भाडो) उसिन्छ । यसरी उसिनेको धानलाई डालुचा (डालो) मा राखेर पानी तैराइन्छ र भाजं (हाडी) मा वत (सिन्काहरु) को साहाराले भुट्छ । उक्त समयमा यो कार्य गर्न एक दुई जनाले नसकिने हुन्दा टोलबासीहरु मिलेर माभुटु (भुस राखेर बाल्ने चुल्हो) को प्रयोग गर्ने गरिन्छ । माभुटुमामा (भुस) को प्रयोग गर्नुको साथै पं (बांस) वा सिं (दाउरा) को पनि प्रयोग हुने गरिन्छ । पहिलो पटक दाउरा बाल्न छ्वाली (गहुँको बोट) को प्रयोग गरिन्छ । आगो बाल्न आगो सापत लिन जाने प्रचलन पनि थियो भने पछि ज्यासिली (सलाई) को प्रयोग गर्न थालियो । यसरी भुटेको धानलाई उगमा राखिन्छ र दुईजनाले पालैपालो लुसिले कुट्छ । जसलाई स्थानिय भाषामा बजि ल्ह्वयगु भनिन्छ । यसरी कुट्दा बिचबिचमा चिउरा चलाउन प्रयोग गरिने लठ्ठीलाई कुसाकुटी भनिन्छ । यसरी Baji बजि (चिउरा) तयार पारिन्थ्यो ।
लेख: GR Ranjit


