भद्रकाली (Bhadrakali)
माता भद्रकालीलाई नेपाल भाषामा भक्तपुर तिर खुसिं अजिमा, बिष्णुबी काठमाण्डौं तिर लुमरी अजिमा पाटन तिर यप्पा अजिमा र मध्यपुर थिमी तिर बिष्णु वीर पनि भन्ने गरिन्छ । यसका साथै नारायणी वा नाराणी पनि भन्ने गरिन्छ । नवरातको चौथो दिनलाई भवानी भद्रकाली सृष्टि हुने दिनको रुपमा लिइन्छ । भद्रकाली माता जो आफ्नो भक्तलाई दिनका लागि भद्र, सुख वा मङ्गल स्वीकार गर्दछिन्, उनि नै ‘भद्रकाली’ हुन् । भद्रकालीलाई काशी बिश्वनाथको अर्धाङ्गी पनि भनिन्छ । नेपालमा एक समय युवराज नहुन्दा राजकुमारी संग विवाह गर्ने नै युवराज हुने प्रथा थियो । तर जो ब्यक्ति ती राजकुमारी संग विवाह गर्थे उसको मृत्यु हुन्थे । तब एक गरिब ब्यक्तिको पालो आयो र ती राजकुमारी संग विवाह गर्नु पर्ने भयो । यसै समयमा भद्रकाली माता एक बुढी आईमाईको रुप धारण गरि ती ब्यक्तिलाई सल्लाह दिइन । माता भद्रकालीको सल्लाह बमोजिम गर्नाले ती ब्यक्ति राजा हुन पुगे तब देखि माता भद्रकालीको जात्रा गर्दै आएको पाइन्छ । यसै जात्रालाई अजिमा जात्रा भनिन्छ भने हाल यस जात्रालाई बिस्का जात्रा भनिन्छ । उक्त अजिमा जात्रामा ल्हामरु योसिंद्य: उभ्याइन्थे । हाल पनि सानो रथ (नकिन्जु खचा) भनी तान्ने चलन रहेको छ । हाल अजिमाको जात्रालाई भद्रकालीको रथ यात्रा पनि भन्ने गरिन्छ । यसबारे एक किंवदन्ती रहेको छ । एक समय माता पार्वती तलाउमा स्नान गरिरहेको समय महादेव उक्त स्थानमा पुग्दा लोभिएर समाउन खोज्दा माता पार्वतीले समय, स्थान र परिवेश ठिक नभएकोले आपती जनाउदा पनि नमानी अगि बढेपछी उक्त स्थानबाट भागी हालको चुपिंघाटमा रहेको भद्रकाली पिठमा लुकि बसेकी थिइन । लुकेर बसेको मातालाई मानिसहरुले चिनी यहाँ स्थापना गरि जात्रा गरेको भन्ने जनश्रूति रहेको छ ।
लेख: GR Ranjit


