By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    प्रजापति (Prajapati)
    बैशाख ३१, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: नयार देखि नेवार सम्म
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > थरहरु(Caste) > नयार देखि नेवार सम्म
थरहरु(Caste)

नयार देखि नेवार सम्म

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/05/22 at 9:19 PM
By किंवदन्तीमा भक्तपुर 5 Min Read
Share
5 Min Read
SHARE

नयार देखि नेवार सम्म
(from Nayar to Newar)
इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’ ले सुनेको भनाइ अनुसार ‘चन्द्रभागा नदी किनारको बाह्रमल्लारका अम्बल (क्षेत्र) मा नयाँ देश छ । त्यही नयाँ देशबाट नेवारहरू आएका हुन् ।’ यस भनाईमा बताइएको चन्द्रभागा नदि गढवाल र हिमाञ्चल प्रदेशमा रहेको चन्द्र नदि र भागा नदि टाँडी क्षेत्रमा मिसिएर बनेको नदि हो । हालको चेनाव नदि नै चन्द्रभागा नदि हो । यस क्षेत्रमा नयार भन्ने ठाउँ रहेको छ । नयार भित्र बाह्रस्यूँ क्षेत्र र शकहरूको मल्लारी (पुरातात्विक महत्वको) क्षेत्र पनि रहेको छ । यसै स्थानबाट आएका ब्यक्तिहरु नै काठमाण्डौ आएर नेवार भएका थिए । काठमाण्डौ उपत्यकालाई नै नेवार समुदायको मुल थलो मानिन्छ । शिवराज श्रेष्ठ ‘मल्ल’का अनुसार, ‘नेपाललाई एकीकृत गराउने कुनै समुदाय छ भने त्यो नेवार समुदाय हो । गोपालवंशीहरू आए र नेवारकै ज्यापु समुदायमा मिसिए । सुनकोशी र तामाकोशीबाट किराँतहरू पनि आए । किराँती भाषा र नयारहरुको भाषा मिसिएर नयाँ भाषा बने जसलाई नेपाल भाषा भनिन थाले । वैशालीबाट आएका लिच्छविहरू, उज्जैनका मल्ल र मध्ययुगका खसहरु पनि नेवारमा मिसिएको छ । यहाँको नेवार समाज कस्तो रह्यो भने जो–जति पनि यहाँ आएका थिए, ती सबैलाई आफूमा समाहित गराइदै आफूजस्तै बनाइयो । यसरी यहि हो नेवार भनेर ठम्याउन कथिन भएको हुन्दा नेपाल भाषा बोल्ने र नेपाल उपत्यकामा विकास भएको संस्कृति र सभ्यतालाई अंगिकार गर्ने सबै नेवारमा रूपान्तरित भएका थिए । जसको भाषा र संस्कृति मिल्यो, त्यो नै नेवार हो ।

एघारौं शताब्दीमा मिथिलाको राजधानी सिमरौनगढ बनाउने नान्यदेव त्यही नयार देशबाट आएको थियो । नान्यदेवका पुर्खा सम्भवतः महाभारत युद्धपछि अयोध्याबाट दक्षिणी राजस्थान र उत्तरपूर्वी महाराष्ट्र हुँदै दक्षिण पश्चिममा पर्ने कोकण देशमा बसेको देखिन्छ । बम्बईबाट दक्षिणमा पर्ने कोकण भन्ने ठाउँलाई नै अहिले कर्नाटक भनिन्छ। त्यहाँ सूर्यवंशीहरू छन् । कतिले आफूलाई रघुवंशी अर्थात् रामकै सन्तान पनि भन्छन् । त्यही ठाउँबाट उनीहरू हिमाञ्चलमा रहेको नयाँ देश पुगे, जसलाई नयार भनिन्छ । यस राज्यका एक नागरिक शक्तिसिंहदेवका दुई छोराहरु थिए – नान्यदेव र श्यामसिंहदेव । श्यामसिंहदेव नयार मै बस्थे भने नान्यदेव २०–२१ वर्षको उमेरमा दिल्लीका राजाकहाँ काम गर्न बसे । दिल्ली त्यति बेलाको इन्द्रप्रस्थ हो । नान्यदेव दिल्लीमा काम गरिरहेकै बेला उनका आमाबुवा र श्रीमतीको मृत्यु भयो । उनी निराश भएर अयोध्या गए । त्यही क्रममा उनले कुलदेवी तुलजा भवानी अनि गाडेर राखेको धन भेटेको भनिन्छ । त्यही धनबाट उनले विशाल गढ भएको राजधानी सिमरौनगढ बनाएको भन्ने भनाइ छ । नान्यदेवका दुई छोरा थिए– मल्लदेव र गांगदेव । नान्यदेवले गांगदेवलाई सिमरौनगढको गद्दीमा राखे । मल्लदेवलाई भने मिथिलाको उत्तरपूर्वी क्षेत्रको राजा बनाए । मल्लदेवको राज्य सिन्धुली–दोलखा–पलाञ्चोकसम्म फैलिएको हुनसक्छ । गांगादेव पछि क्रमश नृसिंहदेव, शक्तिदेव, रामसिंहदेव, र हरिसिंहदेवले शासन गरेका थिए । सिमरौनगढका अन्तिम राजा हरिसिंहदेव दिल्लीका बादशाह गयासुद्दिन तुगलकको आक्रमणबाट भाग्दै सहायता माग्न सुरूमा दोलखा गएका थिए भन्ने कुराले पनि यही संकेत गर्छ कि त्यहाँ कोही आफन्त भएरै उनी गएका होलान् । उनको बाटैमा निधन भयो । त्यसपछि उनकी रानी देवलदेवी, छोरा जगतसिंह देव, आफूसँगै आएका भाइभारदार र सिमरौनगढका केही जनतालाई लिएर नेपाल उपत्यका आइन् । उनिसंग आएका जनताहरुमा सिंह, प्रजापती, मुनंकर्मी, राठौर, कायस्थ, राजपुत, क्षत्रीय र ब्राह्मण (छ थरे शैवमार्गी नेवारहरू) आदि थिए । पछि यिनीहरु सबैपनि नेवार भए । त्यस्तै मदेशबाट ल्याएका कालिगडहरु शिल्पकार, रंजितकार, चित्रकार, ताम्राकार, आदि कार थपेकाहरु पनि नेवारमा समाहित हुन पुगे । रोगको निवारण गर्न ल्याएका वैद्य, जोशी, आदि थरका मानिसहरु पनि नेवार बन्न पुगे । तिब्बतबाट नेपाल उपत्यका प्रवेश गरेका केही मंगोल जातिका बौद्ध धर्मालम्बीहरू पनि नेवार समुदायमा रूपान्तरित भएका थिए । त्यस्तै नेपाल भाषालाई आफ्नो मातृभाषाको रूपमा अंगिकार गरेका मुसलमान र क्रिस्चियनहरू पनि नेवार भएका थिए।
‘इसा पूर्वको एक हजार वर्ष र इसापछिको एक हजार वर्षभित्र पूर्व–पश्चिम, दक्षिण–पश्चिमबाट आएका तिब्बती बर्मेली र आर्य भाषाभाषीको समिश्रणबाट एउटा नयाँ समुदायको जन्म भयो । दोस्रो सह्रशताब्दीको आसपासमा यसको स्पष्ट पहिचान हुन थाल्यो र संस्कृति, सभ्यता, कला, नेपाल सम्बत, नेपाल भाषा, नेपाल लिपि लगायत विकास भयो । यसरी जन्मिएको समुदायलाई नेपाल शब्दको प्राकृत रूप नेपाल/नेबाल भनियो र पछि नेवार भन्न थालियो । नेपाल मण्डल मूलतः यही समुदायको आदिभूमि हो ।
लेख: GR Ranjit
स्रोत: Sabina Shrestha, मिथिलाका कर्नाटवंशीहरू र नेपाल मण्डलमा उनीहरूको प्रभाव (भाग–१)

 

You Might Also Like

छिपा (Chhipa)

छिपर्सी Chhiprasi

शाक्य (Shakya)

“कार” थपिएका थरहरु

सिम्रौनगढ

TAGGED: इतिहासकार शिवराज श्रेष्ठ ‘मल्ल’, काठमाण्डौ उपत्यका, किराँती भाषा, कुलदेवी तुलजा भवानी, क्रिस्चियन, गोपालवंशी, चित्रकार, जोशी, ज्यापु, ज्यापु समुदाय, ताम्राकार, थर, दोलखा, नयार देखि नेवार सम्म, नेपाल उपत्यका, नेपाल भाषा, नेपाल मण्डल, नेपाल लिपि, नेपाल सम्बत, नेवार, नेवार समुदाय, बौद्ध धर्मालम्बी, मंगोल जाति, महाभारत युद्ध, मुसलमान, रंजितकार, वैद्य, शिल्पकार, सिमरौनगढ, हिमाञ्चल
किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.