तीज (Teej)
हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाडको नाम तीज हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाएपनि मुख्य तीज भने भाद्र शुक्ल तृतीयका दिन हुन । तीजमा भगवान शिवको आराधना गरिनुका साथै पुजाआजा गर्ने गर्दछ । महादेवको प्रेम र समर्पन देखेर नेपाली हिन्दू महिलाहरूद्वारा महादेव जस्तो श्रीमान पाउन भनी यो व्रत बस्ने गर्दछ । दक्ष प्रजापतिले आफ्नो तेत्तीस कोटि छोरी र ज्वाईंहरुलाई आफ्नो यज्ञमा आउने निम्तो दियो । तर आफ्नो जेठी छोरी सतिदेवी र मन नपर्ने ज्वाईं महादेवलाई भने निम्तो दिएनन । जब माता पार्वतीले यस कुराको जानकारी पाउनु भयो तब दक्ष प्रजापतिको यज्ञमा गएर आफ्नो प्राण त्याग गरे । यसरी सतिदेवीले प्राण त्याग गरेपछि श्री महादेवले दक्ष प्रजापतिको यज्ञ बिधोङ्स गरि दिए र सतिदेवीको शरीर बोकि विश्व भ्रमण गर्न थाले । यो एक प्रेम र समर्पणको उदाहरण थियो । यहि प्रेम र समर्पणलाई सम्झेर नेपाली हिन्दू महिलाहरू तीजको दिन व्रत बस्ने गर्दछ । तीज व्रतको सुरुवात माता पार्वतीले गरेको थियो । जब माता सतिदेवी पार्वती भएर जन्म लिइन । आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो पटक यो व्रत राखेकी थिइन् । तसर्थ यो व्रतलाई श्रीमानको स्वस्थ्यको कुशलताको रुपमा पनि मनाइन्छ । यो चाडको सुरु भनेको द्वितीयाका दिन दर खानेबाट हुन्छ । मांसको भोग गर्नेहरुले सुर्यास्त हुनु पुर्व नै भोग गर्ने गर्दछ भने सुर्यास्त पश्चात् देखि मध्यरात सम्म मिष्ठान्न भोजन, फलफूलको भोग गर्ने गर्दछ । यसरी दर खाईसकेपछि भोलिको बिहान देखि निराहार रहि पुरैदिन व्रत बसि महादेवको पुजा गर्ने गर्दछ । साँझपख मिश्री काडा, पानी फलफूलको भोग गर्ने गर्दछ । चतुर्थीको बिहान नदिमा गै शिवलिङ्ग बनाई दतिउनले दलेर स्नान गर्ने गर्दछ । त्यस्तै ऋषि पञ्चमीका दिन हनुमानघाटमा रहेको ऋषेश्वर महादेवको पुजा गर्ने गर्दछ ।
लेख: GR Ranjit


