By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
    भैरव फल्चा एक डेटिङ पोइन्ट
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
Share
Notification Show More
Latest News
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
मौलिक सामान (Traditional Goods)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > सम्पदा (Heritage) > राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)

राजा रणजित मल्लका सात बाहा (दरवार) हरू

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/12/15 at 4:58 AM
By किंवदन्तीमा भक्तपुर 9 Min Read
Share
9 Min Read
SHARE

राजा रणजित मल्लका सातबाहा (दरवार) हरु

राजा रणजित मल्लका पाँच श्रीमतीहरू थिए ।
१. वृद्धिलक्ष्मी
२. ऋद्धिलक्ष्मी
३. बुद्धिलक्ष्मी
४. बिश्वलक्ष्मी
५. जयलक्ष्मी (मनमैजु)
यसमध्ये रानी वृद्धिलक्ष्मीका तर्फबाट जेठा छोरामा देवेन्द्र मल्ल थिए भने ऋद्धिलक्ष्मीका तर्फबाट जेठा वीरनरसिंह मल्ल र कान्छी रानी जयलक्ष्मी (मनमैजु) को तर्फबाट सात छोराहरु (भाजुराजाहरू) मा
जेठा मनोरथसिंह मल्ल
माइला धनसिंह
साइँला उपेन्द्रसिंह
काहिँला अच्युत (अजित) सिंह
ठाइँला, अवधूतसिंह
कान्छा लक्ष्मीनरसिंह
सानोकान्छा जयनारायणसिंह
थिए । यस मध्ये वीरनरसिंह मल्ल जो पृथ्वीनारायण शाहका मीत थिए, उनको षड्यन्त्रपूर्ण हत्या भएका थिए । त्यसपछि मनमैजुका छोराहरुको शासनमा हाबी हुन थाले । त्यस समय ती युवराजहरु मध्ये केहीका लागि छुट्टै बाहा बनाएका थिए भने केही बाहाहरु विभिन्न प्रयोजनका लागि बनाएका थिए । बाहाको एक बिशेषता भनेको चोर बाटो बनाउनु हो । आपत्कालिन समयमा भाग्नु पर्ने परिस्थिती आयो भने एक बाहाबाट अर्को बाहा हुन्दै जानको लागी बाहाहरु बनाएको हुन्छ । जसमध्ये प्रमुख बाहामा:
१) ५५ झ्याले दरवार
२) थाथु बाहा – खौमा
३) दुबसी बाहा – कोलाछें
४) सन्तन बाहा – खौमा
५) खौमा बाहा – खौमा
६) कुथु बाहा – तपालाछी
७) थथुचा बाहा
८) नासमना बाहा नासमना
९) भोतया बाहा सोमला
१०) पूँबाहा – टौमढी
११) दथुबाहा
१२) चोछेंबाहा – बहत्वा चोछे

१) ५५ झ्याले दरवार (ङेङापा झ्य)

नेपाल सम्बत ८२८ मा राजा भूपतिन्द्र मल्लद्वारा बनाएका ५५ झ्याले दरवार नै त्यस समयको मुख्य दरवार थियो । सम्पूर्ण राजकाज यसै दरवारबाट हुने गर्थ्यो भने राज परिवारहरु पनि यसै दरवारमा बस्ने गर्थ्यो । यस दरवारमा ९९ वटा चोकहरु भएको कारण दुश्मन सेनाहरु सजिलै राजा भएको स्थानमा पुग्न सक्दैन ।

२) थाथु बाहा: खौमा टोलमा अवस्थित थाथु बाहा उच्च भेगमा रहेको कारण थाथु बाहा भनिएको हो । यो बाहा बिशेषगरी अजित सिंह मल्लको लागि बनाएको थियो ।

३) दुबसी बाहा: कोलाछें टोलमा रहेको यो बाहा राजा रणजित मल्लका ठाइँला छोरा अवधूतसिंह मल्लका निमित्त बनाएका थिए ।

४) सन्तन बाहा: बि.सं १८२६ मा भक्तपुर माथी आक्रमण गर्दा पृथ्वीनारायण शाहका सेनाले यस बाहाबाट नाचगानको सामनहरु लुटेका थिए भने पछि यो बाहा त्यस समय नाचगान सिकाउने बाहाको रुपमा प्रयोग गरेका थियो भन्न सकिन्छ । पृथ्वीनारायण शाहलाई सात बाहाले आक्रमणमा सहयोग गरेको कुरालाई यस बाहाले मिथ्या साबित गरेको थियो किनकी <span;>यस बाहामा पृथ्वीनारायण शाहका सेनाहरु हताहत भएको ईतिहास पाइन्छ । मनोहर सिंहको मातहतमा रहेको यो बाहालाई पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले अर्को सेना लगेर यहाँका बाहा नायो समेतको हत्या गरेका थिए ।

५) खौमा बाहा: यो बाहा सबैभन्दा पुरानो बाहा हो । यसलाई खौमा बाहाका साथै खौमा क्वाथ पनि भन्ने गरिन्छ । १६ शताब्दीमा राजा भुवन मल्लको भाइ जित मल्ल प्रभाव शाली हुन्दा राजकाजमा हस्तक्षेप गर्न लाग्यो भनेर सैनिकको एक टुकडी सहित दरबारको पश्चिम भेगको सुरक्षाको लागि यो बाहाको नायो पद दिएका थिए । जित मल्ल पछि उनका छोरा गोसाई मल्ल नातिहरु पुर्णसिं भारो, अमरसिं भारो, दर्बोसिं भारो, मदनसिं भारो, जयसिं भारो यस क्वाथका क्वाथ नायो भएका थिए । जयसिं पछि उनका छोरा मनि र बिष्णु नायो भएका थिए । मनिका छोरा- रुद्र मनि, वीर मनि, रुद्र नारायण, कान्छा नगदेशमा बस्न गएका कारण नगदेश, कुथु बाहा र खौमा बाहाका मल्लहरु इन्द्रायणीलाई कुल देवता मानेर सिथी नख:को दिन पूजा गर्ने गर्दछन ।

- Advertisement -
Ad imageAd image

६) कुथु बाहा: तपालाछिमा अवस्थित कुथु बाहा सबैभन्दा ठूलो बाहा हो । राजा जगत प्रकाश मल्लका सन्तानहरुको लागि बनाईदिएको यो बाहाको आफ्नै आगन देवता समेत रहेको छ । यस आगन देवतालाई तलेजु भवानीको समकक्ष समेत मान्दछ । यस आगन देवतालाई उर्डो आमनायक देवी अर्थात त्रिपुरसुन्दरी षोडशी देवी पनि भनिन्छ । बि.सं १८२६ मा यस बाहाका नायो भाजु कुटुले पृथ्वीनारायण शाहले आक्रमण गर्दा आफ्नो सम्पती (हिरा ज्वाहारात, सुन) लुट्ने कुरा थाहा पाएर आफ्नो म्होइ वीर नारायण लाखेको घरमा लुकाउन लगेको थियो । यो कुरा थाहा पाएर पृथ्वीनारायण का सैनिकहरुले लाखेको घरबाट लुटेका थिए भने राणाकालमा यस कुथु बाहाको जग्गा जमिन हरण गरेका थिए ।

७) थथुचा बाहा: बाराही द्य:छेंबाट भित्र थथुचा भन्ने स्थानमा रहेको बाहा नै थथुचा बाहा हो । उच्च भागमा रहेको कारण यसलाई थथुचा भनिएको हो । राजा रणजित मल्लकक छोरा जय नारायण सिंहको लागि निर्मित यस बाहामा पृथ्वीनारायण शाहका भारद्वार रामकृष्ण कुंवर पठाई मीत लगाउन, भेट गर्ने ठाउँको रुपमा परिचित छन ।

८) नासमना बाहा: नासमना टोलमा रहेको यो बाहा पुराना कलाकृति रहेको एक बाहा हो । यहाँ एक शिवलिङ्ग रहेको छ जसमा हरहमेसा यसको जलहरिबाट पानी बगेको हुन्छ । त्यस्तै यहाँ रहेको लक्ष्मी नारायणको मुर्तिको बिशेषता भनेको गर्भवती महिलाले दूध चढाउदा दायाँ गयो भने छोरा र बायाँ गयो भने छोरी जन्मिन्छ्न भन्ने मान्यतारहेको छ । यस बाहाका नायो प्रभु नारायण मल्ल हुन । उनका दाजु हेम नारायण मल्ल राजा रणजित मल्लको छडीदार थिए । पृथ्वीनारायण शाहले आक्रमण गर्दा प्रत्याक्रमण गर्न नदिइ रणजित मल्लको पगरी ५५ झ्याले दरवार बाहिर झुन्डाउने हेम नारायण मल्ल नै थिए । प्रभु नारायण मल्ल पृथ्वीनारायण शाहसंग मिलेको थियो । राज्य दिने लोभमा पृथ्वी नारायण शाहले आफ्नो साथमा लिएका थिए । राजा रणजित मल्ललाई कोठामा थुनेर राख्दा गोर्खालीको तर्फबाट बस्ने पनि प्रभु नारायण मल्ल नै हुन । उनले गोर्खालीको तर्फबाट धेरै लडाइँहरु लडेका थिए । पछिल्लो पटक तनहुँमा आक्रमण गर्दा सेन राजाहरुले बन्दी बनाएका थिए । बाँकी सेना सबैलाई मारेर उनलाई १३ दिन सम्म बन्दी बनाएर छोडे पछि पृथ्वीनारायण शाहले उनलाई बिश्वास गर्न छोडेका थिए । पछि अंग्रेजसंग लड्न सिन्धुलीको पठाउँदा सिमखानी गा.बि.स मा कोटदेवीको स्थापना गरेका थिए । पछि उनको कुनै खोजखबर नै भएन ।
त्यस्तै बेतियाबाट ल्याएको राजा रणजित मल्लको रानी वृद्धि लक्ष्मीले पृथ्वीनारायण शाहलाई भक्तपुरमा छिटो आक्रमण गर्नु पर्यो भनेर चिठी समेत लेखेका थिए ।

९) भोते बाहा: सोमला गलिमा रहेको एक बाहालाई भोतेबाहाल वा भोतेय बाहा पनि भनिन्छ । १७ शताब्दीमा राजा जगत प्रकाश मल्ल बनाएको यस बाहालाई ईच्छु बाहा पनि भन्ने गरिन्छ । बिशेषगरि पाहुनाहरु राख्न यो बाहा बनाएको थियो । राजा जगत प्रकाश मल्लले आफ्नो कान्छा छोरा उग्र मल्लको कयता पूजा (ब्रतबन्ध) को भोज खुवाउदा तिब्बतका मित्रहरुलाई समेत डाकेको थिए । ती भोत देशबाट आएकाहरु सबै यसै बाहामा राखेका थिए । त्यस्तै यो बाहा नजिकै धैरै भोगटेको रुख थियो त्यसैले यसलाई भोग्त्या बाहा पनि भनिन्छ । त्यस समय यस बाहामा नाचको प्रतियोगिताको आयोजना पनि गरेको थियो भने १२ बर्षको नाच खं प्याखं समेत हुने गर्दथ्यो ।

१०) पूँबाहा: टौमढी टोलमा रहेको यो बाहा राजा जितामित्र मल्लको भाइ उग्र मल्लको ब्रतबन्धको भोजमा कति खर्च भयो भनेर लेखाजोखा गर्ने बाहाको रुपमा चिनिन्छ । यसै बाहाको झ्यालमा बसेर ङातापोल बनाउदा राजा भूपतिन्द्र मल्लले निरिक्षण गरेको र कामदारहरुको लेखाजोखा गरेको थियो । यो बाहा त्यस समयका पुरोहितहरुलाई बस्न दिएको हुनाले पूँबाहा भनिएको हो । यस बाहामा जनै पूर्णिमाका दिन मुख धुने नौ वटा पूर्व दिशामा फर्केको ल्वहं हिति मध्ये एक रहेको छ भने यस बाहामा रहेको साँझ्यामा भक्तपुरमा पाइने सबै प्रकारको ल्वहं हितिको नमुना कुदिएको छ ।

११) दथुबाहा: बिचको बाहा भएकै कारण यस बाहालाई दथु बाहा भनिन्छ । यो बाहा हरिराम भारो र कुशल भारोको मातहतमा रहेको थियो । यो बाहा राजा जगत प्रकाश मल्लको पालामा बनेको थियो । मल्लकै सन्तती हरिराम भारो र कुशल भारो यो बाहाका नायो थियो । राजा जितामित्र मल्लको पालामा राजासंग रिसाएर हरिराम भारोले काठमाडौ संग सम्बन्ध बढाकोले काठमाडौका राजाले उनिहरुलाई नुवाकोटको प्रमुखमा नियुक्त गरेका थिए । राजा जितामित्र तिनीहरु देखि रिसाएर आक्रमण गरि यो बाहा आफ्नो साथमा लिएका थिए । यस बाहालाई तलमन्दीको बाहा पनि भनिन्छ ।

१२) चोछेबाहा: चोछें टोलमा अवस्थित बहत्वामा रहेको एक बाहालाई चोछें बाहा भनिन्छ । बिशेषगरी यो बाहा सैनिकहरु राख्न लागि बनाएको थियो ।

लेख: GR Ranjit

 

You Might Also Like

टेराकोटा घर

कागेष्टमी /कायष्टमी (Kagestami)

दोकाद्य: (छ्वास अजिमा)

रूरू भैरव र महेश्वरी

भैरव फल्चा एक डेटिङ पोइन्ट

किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.