ख्याल:
नेवा समाजमा मनाइने विभिन्न संस्कृतीहरु मध्य एक ख्याल: पनि हुन । ख्याल: शब्द नेपाल भाषाको शब्द हुन जसको अर्थ नाटक मन्चन गर्नु हो । यो यस्तो प्रकारको नाटक हो जसमा समाजका बिकृतीहरुको ख्याल ख्यालमा व्यंग्य गर्ने गर्दछ । ख्याल:को सुरुवात सापारुका दिन मृत आत्माको शान्तीका निमित्त गाईजात्रा लगेपछि हुने गर्दछ । सापारुको पर्सिका दिन देखि एक हप्ता सम्म मन्चन हुने यस पर्व भक्तपुरका विभिन्न टोलहरुमा देखाउने गर्दछ । ख्याल: अन्तर्गत गाईचा प्याखं, माक प्याखं, देवी प्याखं, भैल प्याखं, लुसि प्याखं, लाखे प्याखं आदि पर्दछ । यो ख्याल: देखाउने चलन भने राजा प्रताप मल्लको पाला देखि चलेको भन्ने गर्दछ । सन १६६९ मा राजा प्रताप मल्लले आफ्नो छोरा चक्रभतेन्द्र मल्लको हातीले कुल्चेर भएको मृत्युको बियोगमा रहेकी रानी भुवनलक्ष्मी मल्ललाई उनका छोरा मात्र होइन संसारमा धेरैको मृत्यु भैरहेको हुन्छ । मृत्यु भनेको प्राकृतिक हो भनेर देखाउन गाईजात्राको सुरुवात गरेको थियो । राजाले रानीलाई हँसाउन सक्ने गरी आफ्ना जनताका लागि एक हप्तासम्म बोल्न पाउने स्वतन्त्रताको अनुमति पनि दिनुभयो, जसले गर्दा नेपाली संस्कृतिमा व्यंग्यलाई प्रमुख स्थान दियो । यसै व्यंग्यबाट ख्याल:को सुरुवात भएको थियो । गाईजात्राको ईतिहास भने राजा जयस्थिति मल्लले लेख्न लगाएको भाषा बंशावलिमा गुन्हु पुन्ही उल्लेख भएको कारण गाईजात्रा भक्तपुरमा धेरै पहिले देखि नै चलिआएको देखिन्छ । सांपारु शब्दलाई खस करण गरि गाईपारु हुन्दै गाईजात्रा शब्दको बिकास भएको थियो ।
लेख: GR Ranjit


