कालदचा/ कालदह/ धल्चा पुखु: (Kaal daha)

समुन्द्र मन्थन गर्दा निस्केको कालकुट बिष महादेवले पिएपछि बिषको दाहा सहन नसकेर दाहा शान्त पर्न बनाएका कुण्डहरु सबैमा जनै पुर्णिमाका दिन मेला लाग्ने गर्दछ । यसरी जनै पुर्णिमाका दिन मेला लाग्ने कुण्डहरुमा
१. कालदह
२. महादेव पोखरी
३. गोसाइँकुण्ड
भक्तपुर नगरपालिका वडा नं २ ब्यासी औद्योगिक क्षेत्र भित्र कालदह अवस्थित रहेको छ । जनै पुर्णिमाका दिन मेला लाग्ने यस कुण्डसंगै सिलु महादेवको मुर्ती अवस्थित रहेको छ । गोसाइँकुण्डमा मेला भर्ने क्रममा नुहाउन लाग्दा हराएको औंठी पछि यस कालदहमा फेला परेको किंवदन्ती रहेको कारण गोसाइँकुण्डकै प्रतीक मानिने यस कालदहमा जनै पुर्णिमाका दिन बिहानैदेखि स्नान गर्नेको भीड लाग्ने गर्दछ । यस दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवार स्क्वायरस्थित शिलु महादेव (फसी देगः) को दर्शन गरे गोसाइँकुण्ड गए सरह पूण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । नेपाल भाषामा यस दहलाई धल्चा पुखु: वा कालदचा पुखु: पनि भनिन्छ । जनै पूर्णिमा कै दिन यस कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास पनि रहेको छ ।
लेख: GR Ranjit


