नक्सा (Naksa)
हाल कुनैपनि संरचना बनाउन अघि त्यस संरचनाको नक्सा तयार पार्नु अति आवश्यक रहन्छ । बिना नक्सा कुनैपनि संरचनाको पुर्वकल्पना हुन सक्दैन । यसरी नक्सा तयार पार्न आर्टिटेक इन्जिनियरिन गर्नु पर्दछ । आर्टिटेक इन्जिनियरले मात्र यस्तो नक्सा बनाउने गर्दछ । यस्तो इन्जिनियर बन्न अंग्रेजी माध्यमको किताबहरुको गहिरो अध्ययन गर्नु पर्दछ । तर नेपालमा अंग्रेजी भाषा आउनु पुर्व नै यसरी नक्सा बनाउने चलन चली सकेको थियो । कुनैपनि सम्पदा बनाउन पुर्व नक्साहरु कोरिन्थ्यो । भन्नुपर्दा नेपालमा मल्लकाल मै इन्जिनियरिङको बिकास भैसकेको थियो । सम्भवत अमेरिका पत्ता लाग्नु भन्दा पहिले नै नेपालमा पाङ्ग्रा बनाएर रथ तानी सकेका थिए ।
पाङ्ग्राले कुनैपनि बस्तुको तान्ने शक्तिलाई न्यून बनाइदिन्छ भन्ने सिधान्तको प्रतिपादन भैसकेको थियो । त्यस्तै मन्दिरको उचाई नाप्ने, प्यागोडा शैलीमा बनाएका संरचनाहरु भूकम्पिय दृष्टिकोणले धेरै टिक्ने, संरचनामा काठको चुकुलको प्रयोग आदि सिधान्तहरु मल्लकाल मै बिकास भएको पाइन्छ । यस्ता इन्जिनियरिङ पुस्तकहरु सबै नेपालको एकीकरण पश्चात् जलेर नष्ट भएका थिए ।
उक्त एकीकरणले स्थानीयलाई गरेको दुव्र्यवहार र स्थानीयले राज्यलाई नगरेको समर्थनले उक्त ज्ञान पुस्तानान्तरण हुन पाएन र भएका ज्ञान सबै जनताको मृत्यु र बसाइँसराइ संसंगै बिलिन हुन पुग्यो । विभिन्न कारणमा बसाइँसराइ हुन बाध्य भएपछि बाँच्नको लागि बसाई सरेका जनताले खानलाउनको जोहो गर्न कृषि पेशा अंगाल्न थाले जसले गर्दा उसमा भएको इन्जिनियरिङ ज्ञानको प्रयोग शून्य भए र उसको मृत्यु संसंगै उक्त ज्ञान नष्ट हुन पुगे । यस्तो ज्ञान मध्य एक नक्सा बनाउनु पनि हो । त्यसताका कुनैपनि मन्दिरहरु बनाउन पुर्व जातभ्व (कपडाको प्रयोग गरि बनाएको नेपाली कागज) मा नक्सा बनाउने गर्दथ्यो । किराले नखाने उक्त कागज मानिसको जन्मकुण्डली (जात:) लेख्न, नक्सा बनाउन र भजनका किताबहरु लेख्न प्रयोग गर्दथ्यो ।
लेख: GR Ranjit


