छिपर्सी Chhiprasi

नेवा जातीहरुले लगाउने अर्को एक पोसाक छिपर्सी हो । सादा कपडामा पहिला कुन रंग भर्ने हो सो भरेर सुकाएपछी “वासी रंग”को प्रयोग गरि बुट्टेदार काठको “फो” को माध्यमबाट छिपर्सी तयार पारिन्छ । यस कार्यलाई स्थानिय भाषामा “फो तयगु” भनिन्छ । यसमा प्रयोग हुने वासी रंग कुनै क्यालेन्डर रंग भने पक्कै होइन । यो त घरमा प्रयोग हुने जडिबुटीहरुको समिश्रणबाट तयार गरिन्छ । यस कार्य बिशेषगरि रंजितकारहरुले गर्ने गर्दथ्यो । तर हाल क्यालेन्डर रंगको प्रयोगले यो विधि लोप भैसकेको छ । फोटोमा देखाएको पहिलो फोटो भने कम्प्युटरले मिलाएको हो । यसरी सारीका साथसाथै खास्तोहरुमा पनि फो लगाउने गर्थ्यो । ५० बर्ष अगि सम्म यसको प्रयोग भएको थियो । हाल यो विधि पुर्ण रुपले लोप भैसकेको छ ।
लेख: GR Ranjit


