टेराकोटा घर
नेवार समुदायमा जीवन छउन्जेल विभिन्न संस्कारहरु गरि रहने गर्दछ । यस्तो संस्कारहरु मध्य एक गुठी पनि एक हो । गुठी भन्नाले समूह मिलेर भोज खाने मात्र पक्कै होइन । समूह मिलेर विभिन्न धार्मिक तथा सामाजिक कार्यहरु गर्ने पनि गर्दछ । यसरी सामाजिक कार्य अन्तर्गत गुठीघर निर्माण पनि एक रहेको छ । विशेष प्रयोजनको लागि गुठीले आफ्नो गुठीघर निर्माण गरेका हुन्छन । कुनै गुठीघर दाउरा राख्ने प्रयोजनमा बनाएको हुन्छ त कुनै गुठीघर भैरव नाच, देवी नाच सिकाउन र कुनै गुठीघर भजन सिकाउन बनाएको हुन्छ । त्यस्तै मध्य एक तौलाछें टोलमा अवस्थित तलातुन्छी गणेश द्य:छें हो । जुन घरमा विश्वकर्मा सॅास्कृतिक खलःको अखछेंको रूपमा प्रयोग गर्दै आएको छ । जसमा विश्वकर्मा भैल प्याखॅ खल: , विश्वकर्मा धिमे खल:, विश्वकर्मा धा बाजा खल:, डाफाभजन, बॅासुरी बाजा, लाखे प्याखॅ खल: समावेस छन ।

हेर्दै आकर्षक यस गुठीघर पुर्णरुपले ईटाले बनाएको छ । यो घर एक टेराकोटाको एक अलौकिक नमुना हो जसमा झ्याल, ढोका, आँखीझ्याल, टुडाल, टोरण, सिंहख्व, पिलर, अष्टमातृका, अष्टमंगल, श्री गणेशको मुर्ती सम्पुर्ण ईटाको बनाएको छ । यस घरको ढोकामा प्रजापतिहरुको पुर्खौली काम माटोको भाडा बनाउने कार्यको कलात्मक कला राखिएको छ भने दैनिक जीवनमा गर्ने कार्यहरु (पानी थाप्ने, रक्सी पार्ने, चिउरा कुट्ने, बत्ति काट्ने, जातोमा मकै पिन्ने, खर्पन बोकि खेत जाने जस्ता कार्य ) को कलात्मक कला टेराकोटामा उत्तारिएको छ । यो घर प्रजापति समुदायले आफ्नै स्रोत साधनमा निर्माण गरेको हो । विभिन्न प्रजापतिहरुका गुठीहरु मिलेर बि.सं २०७८ सालमा यो भवनको निर्माण गरेका हुन । यस भवनमा ईटाका कलात्मक झ्याल ढोकाका खापाहरु, थामहरु सबै श्री अशोक प्रजापतिद्वारा डिजाइन गरिएको थियो ।
लेख: GR Ranjit
स्रोत: Bishnu Prasad Prajapati


