मु: दीप (Mu deep)
मु:दीप भन्नाले नेपाल भाषाका एक शब्द हो । मु: को अर्थ मुख्य हो भने दीप भन्नाले मानिसहरुको अन्तिम संस्कार गर्ने स्थल हो । यस्तो दीप भक्तपुर नगरमा विभिन्न स्थानमा रहेका छन । जस्तै ब्रम्हायणी दीप, महेश्वरी दीप, हनुमानघाट, चुपिंघाट, कासन घाट आदि । यस दीपहरु मध्य चुपिंघाटलाई मु:दीप भन्ने गरिन्छ । चुपिंघाटलाई मु:दीप भन्नुको प्रमुख कारण यदि कुनै मानिस घरमा बितेको खण्डमा उनको अन्तिम संस्कारको लागि उनको पार्थिव शरीरलाई कुत:मा राखेर मु:दीपमा लग्ने गर्दछ । यस घाटमा हरेक जातीको छुट्टाछुट्टै दीप बनाएको हुन्छ । उक्त दीप मै अन्तिम संस्कार गर्ने गर्दछ । मु:दीप यस स्थानमा हुन अगि बराहीस्थानमा थियो । याकती अजिमा (बाराही अजिमा) को अगाडि हाल जोगीको घर रहेको स्थानमा पहिले मु:दीप थियो । यसको प्रमाण स्वरुप हाल सम्म पनि नदिसंगै रहेको ताहा फल्चा संगै ब्रम्हनाल रहेको छ भने दश दिनको क्रिया पनि यसै स्थानमा गर्ने गर्दछ । यसै दिन यहाँ रहेको मंगलेश्वर महादेवको जल छर्कन्दै घर शुद्ध गर्ने गर्दछ । यस स्थानमा रहेको मु:दीप किन चुपिंघाटमा सारेको भन्ने प्रश्नमा यस स्थानमा मलामी लग्दा जहिले एक जना मलामी हराउन थाले । जहिले एक जना मान्छे हराएका कारण यस स्थानमा मलामी ल्याउन भएन भनेर यस स्थामको दीप चुपिंघाटमा सार्ने निर्णय गरियो ।
निर्णय त गरियो तर घाटमा रहेको मसान भैरव भने यस स्थान छोड्न मानेन । पछि तपाईंले राख्ने हरेक पाइलामा बलि पूजा गर्ने सहमतीमा यहाँको मु:दीप चुपिंघाटमा सारियो । मसान भैरव यस स्थानबाट तीन पाइलामा चुपिंघाट पुगेको थियो भन्ने जनश्रूति रहेको छ । यसरी पाइला राखेको स्थानहरुमा बाराही अजिमा बंशगोपाल अगाडि, पोटरी स्क्वायरबाट लाकोलाछें जान बाटो, र चुपिंघाटमा हुन । मसान सार्दा ठाउँ ठाउँमा मसान खसेको स्थानहरुमा भैरवको सृष्टि भयो । जस्तै गपलीबाट बाराही पिठ जाने बाटोमा, मंगल भैरव गोल्मढी, त्रिपुरसुन्दरीको भैरव, लगायत विभिन्न स्थानमा बाटोमा रहेका भैरवहरु हुन । यस्तै बराहीस्थानमा रहेको उक्त दीप (हाल घरमा परिणत भएको छ) मा हाल सम्म पनि आगो बालिरहेको छ ।
लेख: GR Ranjit
स्रोत: Bishow Ram Chauguthi, Krishna Gopal Ranjit


