शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
नेपालमा रहेका तान्त्रिक बिधिबाट प्राणप्रतिस्था गरिएका सम्पुर्ण देवताहरुमा बलिपूजा हुने गर्दछ । जस्तै अष्टमातृका, गणेश, भिमसेन आदि को पूजामा बलिपूजा हुने गर्दछ । तर केही यस्ता देवताहरु छ्न जसलाई बलिपूजा चल्दैन । जस्तै नारायण, महादेव, र भगवान बुद्धको पूजामा बलिपूजा गरिन्दैन । बलिको भोगको लागि महादेवको उग्र अवतार भगवान भैरवको पूजा गरिन्छ । तसर्थ भैरवको पूजा गर्ने, भैरवलाई आराध्य देव मान्ने सबैलाई किराँती भन्ने गरिन्छ । नेपालमा रहेका महर्जन र डंगोलहरु सबै किराँती हुन भन्ने पनि गरिन्छ । पशुपतिनाथमा पनि बलि दिइन्दैन तर बाला चतुर्दशीको अघिल्लो दिन भने बलिपूजा हुने गर्दछ । त्यस्तै पासचह्रेका दिन लुक्माद्य: भनेर महादेवको पूजामा सम्मेबजी, मासु राखेर पूजा गर्ने गर्दछ । यहाँ रहेको शैव धर्म, हिन्दु धर्म र बौद्ध धर्म बीच एक आपसमा सहिष्णुता रहेको छ । शैव धर्म भन्नाले शिवको आराधना गर्ने धर्म हुन जुन नेपालमा किराँतकाल देखि प्रचलनमा थियो । त्यस्तै बौद्ध धर्म भन्नाले बुद्धको शिल मार्गको अनुसरण गर्ने धर्म हो जुन नेपाल मण्डलको सृष्टिसंगै सुरु भएको थियो । यी दुई छुट्टाछुट्टै धर्म भएतापनि यिनीहरु बिच धार्मिक सहिष्णुता रहेको पाइन्छ । एकै देवतालाई पनि शैवहरुले एक नामले पुजिने गर्दछ भने उहीँ देवतालाई बौद्धहरु अर्कै नामले पुजिने गर्दछ । जसको उदाहरण स्वरुप हिन्दु धर्म मान्नेहरु सरस्वती भनी पुजा गर्दछ भने बौद्ध धर्म मान्नेहरु तारा, मञ्जुश्री भनी पुजिने गर्दछ । त्यस्तै शिवको एक रुपलाई कालको पनि काल महाकाल भनेर पुजिने गर्दछ भने बौद्धहरु उहीँ देवतालाई बिहारहरुको रक्षक महांकाल भनी पुजिन्छ । एउटै देवतालाई छुट्टाछुट्टै नामले पुजिने बाहेक पनि कुनै विशेष दिन एक देवतालाई अर्कै देवताको स्वरुप दिएर पनि पूजा गर्ने गर्दछ । जस्तैकी मुखाष्टमीका दिन पशुपतिनाथको लिङ्गमा बुद्धको मुकुड ओढाइ बुद्धको पूजा गर्ने गर्दछ भने शिवरात्रीका दिन करुणामय (रातो मच्छिन्द्रनाथ) को मुर्तीमा त्रिशुल राखेर शिव पूजा गर्ने गर्दछ । यो नै एक धर्मले अर्को धर्मलाई दिएको सम्मानको ज्वलन्त उदाहरण हो ।
लेख: GR Ranjit


