कृष्ण जन्माष्टमी (Krishna Janmastami)
कृष्ण जन्माष्टमी भन्नाले भगवान श्री कृष्ण जन्मेको दिन भन्ने बुझिन्छ । मथुराको कारगारमा आजको अष्टमीका दिन श्री कृष्णको जन्म भएकै कारण यस दिनलाई कृष्ण जन्माष्टमी भनिएको हो । महिना दिन अगि देखि भक्तपुरको खोर्हे (हनुमानघाट) स्थित कृष्ण भजन मण्डलमा “झुला” गर्ने भनेर भगवान श्री कृष्णको पुजा गर्ने गर्दछ । यसै क्रममा कृष्णले गोपिनीहरुसंग बृन्दावनमा गरेको रमाइलो पलहरु सम्झेर गीत आउने, नाच्ने, कृष्णलाई झुलामा झुलाउने गर्दछ । यसै क्रममा कृष्ण मथुरामा जाने बखतको सम्झना गरि दु:खी भै विरक्त मान्ने गर्दछ । यसै क्रममा कतिपय भक्तजनहरुको आँखाबाट आँसु समेत झर्ने गर्दछ । यसरी उक्त कार्यक्रममा सरिक हुन आउनु भएका सम्पुर्ण भक्तजनहरुलाई माल्पा, हलुवा, अचार, तरकारी समेत खुवाउने गर्दछ । कृष्ण जन्माष्टमीको रातीलाई मोहरात्री भनिन्छ । यसै राती श्री कृष्णको जन्म गराउने कार्य पनि हुने गर्दछ । एकदमै रोचक तथा मनोरञ्जनात्मक यस कार्यमा सरिक हुने भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । कृष्ण जन्माष्टमीको भोलिका दिन कृष्ण पुजा भनेर भक्तपुर नगर भित्र रहेका सबै भगवान कृष्णको मन्दिरहरुमा गाजाबाजाका साथ परम्परागत लुगामा सजिएर आफ्नो मनसुब्बा (बिस्कुट, किसिली, चाउचाउ, फलफूल, उखु, आदि) चढाउने, सुकुन्दाले बति दिनेहरुको लाइन लाग्ने गर्दछ ।
लेख: GR Ranjit


