बेतद्य: (Betadyo)
भक्तपुरमा मनाइने बिस्का जात्रामा तानिने भैरवनाथको रथको अगाडी सारथीको रुपमा रहेका देवता नै बेतद्य: हो । बेतद्य: भैरवनाथको आसन हुन जो रगत र हिंसामा सौखिन छन । अशुभ शक्ति र अशुभ भाग्यबाट मानिसको रक्षा र कल्याणको लागि भगवान भैरवको चरणमा बेतद्य:लाई सधैं राख्ने गर्दछ । भक्तपुरमा मनाउने बिस्का जात्रा हेर्न र भद्रकाली मातालाई खोज्न काशी बिश्वनाथ मानिसको रुप धारण गरि नेपालमा आएका थिए । जात्रा हेर्ने क्रममा नेपालका तान्त्रिकहरुले चिनेर नेपालमै रोक्न खोज्दा काशी बिश्वनाथको शिर छेडन भयो । त्यही छेडन भएको शिरलाई आज हामी भैरवनाथ भन्दछौ । भैरवनाथ नफर्किएको कारण भैरवलाई खोज्दै बेतद्य: एक सानो सात बर्षको बालक भई तेल बेच्दै नेपाल आई पुगे ।
यसरी तेल बेच्दै आएका कारण यस देवतालाई मानन्धरहरुको छोराको रुपमा लिने गर्दछ । एक लोककथा अनुसार बेतद्य: एक असभ्य केटा थियो जसले सधैं पकाएको खाना बिगार्ने, सुतिरहेका मानिसहरूलाई थप्पड हान्ने, भर्याङबाट खसाल्ने जस्ता उत्सृङ्खल कार्यहरु गर्थे । यहि कारण बेतद्य:लाई सधै बाँधेर राख्ने गरिन्छ । बाँधेर राख्दा पनि तह लगाउन नसकेपछि धलिन माथी घोप्टो पारेर बाँधेर राख्ने गरिन्छ । यसरी बाँधेर राखेको बेतद्य:लाई मानन्धरहरुले बोकेर भैरवनाथको रथमा राख्ने गर्दछ ।
एक समय तिब्बतीहरु नेपाल जित्ने अभिप्रायले नेपाल आउँदा कहाँ पुगिएको थाहा नपाई बटुवाहरुलाई सोध्दै आउने क्रममा बाचामारी पुगेर भक्तपुर तिर हेर्दा सानो बालक बेतद्य:ले एक हातले “हस्ते” गर्दै भैरवनाथको रथ तान्नेछ र अर्को हातले “हाइसे” गर्दै लिङ्गो उठाएछ । एक ब्यक्ति नै यति बलिया भए सबै आए हाम्रो के होला ? भनी तिब्बतीहरु डराइ भागेका कारण जीवन रथार्थ बेतद्य:लाई भगवान मानी पुजिन्दै बिस्का जात्रामा रथको अगि राखिन थालेको भन्ने प्रचलन पनि रहि आएको छ ।
लेख: GR Ranjit
स्रोत: Amrit Mishra


