गुंला पर्व (Gunla Parva)
नेपाल सम्बतको नवौं महिना पश्चातको दशौ महिनालाई गुंला महिना भनिन्छ । यस गुंला महिना भरी बौद्ध धर्मावलम्बीहरुले भगवान बुद्धको विहार, चैत्य, वहिहरुमा पुजा, स्तुति गर्ने गर्दछ । गुंला भन्नाले नेपाल भाषाको “गुं” र “ला” दुई शब्दबाट बनेको हो । “गुं” भन्नाले नवौं हो भने “ला” भन्नाले महिना हो । यो गुंला पर्व राजा बिक्रम देवले शुरु गरेका थिए ।
परापुर्वकालमा नेपाल मण्डल एक दह थियो । जसको नाम “नागदह” थियो । यस दहमा बिपासु बुद्ध आउनु भएर कमलको फूलको बीउ छर्नु भएको थियो । यस दहको बिचमा एक सुन्दर कमलको फूल फुले जुन एकदम सुन्दर तथा बिचित्रका थिए । यस कमलको फूलबाट धर्मधटु ज्योति निस्केको थियो । यो दृश्य हेर्नेहरुको घुइचो नै लाग्ने गर्थ्यो । यो एक त्रेतायुग मै सृष्टि भएको स्वयम्भूनाथको अलौकिक शक्ति थियो । तथागत बिश्वभू आएपछि महामञ्जुश्री तिब्बतको ल्हासाबाट करिब ५००० जना शिष्य सहित सुरुङ्ग मार्ग भै नेपाल आएका थिए । त्यहाँबाट आफ्नो दुई श्रीमतीहरु बरदा र मोक्षदासंग हालको चोभारमा गई उहाँले आफ्नो चन्द्रहाँस खड्कले चोभारको डाँडो काटेर सम्पुर्ण पानी बाहिर पठाए । जुन कमलको फूल बिस्तारै पश्चिम तिर सर्दै हालको स्वयम्भूमा गै स्थापित भए । तसर्थ स्वयम्भू नै नेपाल मण्डलको पहिलो भू स्थान हो । स्वयम्भू भन्नाले “स्वयम” र “भू” मिलेर स्वयम्भू भएको हो जस्को अर्थ स्वयम् सृष्टि भएको भूमी हो । यसरी सृष्टि भएको भूमिको नाम मञ्जुपाटन रहन गयो भने धर्माकर भन्ने ब्यक्तिलाई पहिलो राजा बनाए । यसरी बनेको मञ्जुपाटनमा अवस्थित ज्योतिरुप स्वयम्भूमा आफ्नो धर्म “धम्म”को शुरुवात गर्नु भयो । जसलाई “चैत्य सेवा” भनिन्छ । यसै चैत्य सेवालाई नै गुंला धर्म भनिए ।
भक्तपुरमा रहेको १७ वटा विहारहरुमा गुंला पर्वका दिन एक महिना गुंला बाजा बजाइ प्रार्थना गर्ने गर्दछ भने महिनाको चार बुधबार चार बुद्ध चिन्ने भनेर चार बुद्ध भूमी (नम बुद्ध, बज्रयोगिनी, स्वयम्भू र रातो मच्छिन्द्रनाथ) को समेत दर्शन गर्ने गर्दछ । यो महिना पानी पर्ने भएकोले यस झरीलाई गुंला झरी भनिन्छ ।
लेख: GR Ranjit


