नाग पञ्चमी (Naag Panchami)
हाम्रा धर्म ग्रन्थहरुमा नागको चर्चा निकै भएको पाइन्छ । धेरै नागलाई असल चरित्रमा चित्रण गरेको पाइन्छ भने कुनैलाई खराब । जस्तैकि: अनन्त नाग, पद्म नाग, कल्की नाग, शंख नाग, महादेवको गलामा रहने बासुकी नाग, यस संसारलाई आफ्नो शिरमा धारण गर्ने शेष नाग, नेपाल मण्डल दह अवस्थामा रहन्दा यहाँ बिराजमान हुनु भएका कर्कोतक नाग सबै असल चरित्रका हुन भने कालिया नागलाई पहिले खराब चरित्रको देखाएपनी पछि राम्रो चरित्रको देखाएको छ । नागले देव तथा मानवहरुलाई हरदम सहयोग गरेको कथाहरु हामीले सुन्न सक्छौ तसर्थ हाम्रो धर्म ग्रन्थमा नागलाई देवताको स्थान दिएको पाइन्छ । यी नागहरुले मानव कल्याणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।
नाग बारे एक कथा रहेकोछ ।
राजा परिक्षितको मृत्यु पछि उनका छोरा जन्मजयले यस धर्तीबाट नाग जाती मेटाउने एक यज्ञ गरियो । पछि यस लोकबाट नाग जाती लोप भएमा संसारको संहार हुने भएकोले सबैको सम्झाइपछी उक्त यज्ञ रोक्यो । बैज्ञानिक तथ्य अनुसार पनि इकोसिस्टममा नाग (सर्प) हरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । यदि नाग नरहेको खण्डमा यो इकोसिस्टम नै बिग्रीन्छ ।
भगवान करुणामय नेपालमा ल्याउनुको कारण पनि गुरु गोरखनाथ रिसाइ सबै नागहरुलाई बत्तामा थुनेर आफू त्यसमाथी बसि ध्यान गरि बसेका कारण नेपालमा अनिकाल लागेकोले गुरु गोरखनाथलाई उक्त आसनबाट उठाउन उहाँका गुरुलाई यहाँ ल्याउनु पर्ने थियो । तसर्थ गुरु गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि गुरुको सम्मानमा उक्त आसनबाट उठेपछि सम्पुर्ण नाग स्वतन्त्र भयो र नेपालमा सहकाल सुरु भयो । यसरी कृषिप्रधान देशमा रोपाइँ महिनामा धान रोप्न पानी अत्यावश्यक हुन्छ । नाग (सर्प)का कारण पानी पर्ने भएकोले नागहरुको महिमा धेरै रहेकाले नाग पञ्चमीका दिन नागहरुको पुजा गर्ने गर्दछ ।
लेख: GR Ranjit
📷️ Ram Maka, Babu Kaji Ranjitkar
सल्लाह: Amrit Mishra


