माता तिर्थ औशी (Mata Tirtha Aushi)
नेपालमा मनाइने विभिन्न प्रकारको चाड पर्व मध्य माता तिर्थ औशी पनि एक हुन । यसलाई नेपाल भाषामा माताती औशी भनिन्छ । नेपाल सम्बत चौलागा मास औशी तिथि (बैशाख महिनाको कृष्ण औशी) को दिन मनाइने यस पर्व कहिले र कसले सुरु गर्यो भने कुनै तथ्य प्रमाण छैनन । मानव सभ्यतासंग जोडिएको हुनाले यो पर्व मानव बिकाससंगै शुरु भएको मान्न सकिन्छ । यो पर्वलाई श्रद्धा, आदर, र भक्तिको रुपमा पनि लिइन्छ । बिबाह पश्चात् टाढा रहेका चेलीहरुले अरुबेला आफ्नै काममा ब्यक्त भएपनी आफ्नो जननी सम्झेर माइती आउने र जननीलाई मिष्ठान भोजन गराउने हेतुले शुरु भएको हुनु पर्छ यो पर्व । चेली संसंगै छोराहरुले बर्ष भरी स्याहार सुसार गरेपनी पोषण तत्वको अभाव नहोस भने यस दिन आफ्नो जननीलाई मिष्ठान्न भोजन गराउने गर्दछ । अरु दिन नुहाए पनि आमा हुनेहरुले यस दिन नुहाउन हुन्दैन ।

Nepalese Hindu devotees come from across the country to bathe, offer prayers and leave offerings at the Matathirtha Temple during the event, which honours mothers who have passed away. / AFP PHOTO / PRAKASH MATHEMA
आफ्नो माता नभएकाले यश दिन नुहाएर आमाको स्मरण गरि सिरा दान गर्ने गर्दछ । यस दिन मातालाई सम्झेर श्राद्ध समेत गर्ने गरिन्छ । काठमाडौको माता तिर्थमा यसै दिन आमा नहुनेहरु आई स्नान गरि पुजा अर्चना समेत गर्दछ । आफ्नो आमा बितेपछी दु:खी भएका छोराले मातातिर्थको पोखरीमा हेर्दा आफ्नो आमा देखेपछी मातातिर्थ औशीका दिन माता तिर्थ जाने चलन चलियो ।
लेख: GR Ranjit


