Charles Darwin law Vs दस अवतार
चार्ल्स डार्विन भन्ने एक बैज्ञानिकले प्रतिपादन गरिएको नियम Theory of Evolution अनुसार पृथ्वीमा प्राणीहरुको बिकासक्रममा सबैभन्दा पहिले जलमा बस्ने जीव जस्तै माछाहरुको बिकास भएका थिए । त्यसपछि जलथल बस्ने जस्तै कछुवा, सर्पहरु बिकास भएका थिए भने पछिल्लो पल्ट थलमा मात्र बस्ने जीवहरुको बिकास भएको पाइन्छ । चार्ल्स डार्विनको यो नियम प्रतिपादन हुनु भन्दा धेरै बर्ष पहिले नै हाम्रो समाजमा दस अवतारका गाथाहरु निस्की सकेको थियो ।
यस अनुसार सबै भन्दा पहिले भगवान नारायणले मत्स्य अवतार लिनु भएको थियो । मत्स्य अवतार भन्नाले भगवान जलमा बस्ने माछाको रुप लिनु भएको थियो ।
त्यसपछी दोश्रो अवतारको रुपमा कत्स्य अवतार लिनु भयो । कत्स्य अवतार भन्नाले भगवान जलथल बस्ने कछुवाको अवतार लिनु भएको थियो ।
तेश्रो अवतारको रुपमा बराह अवतार लिनु भयो । यस अवतारमा भगवान थलमा मात्र बस्ने सुंगुरको अवतार लिएर हिरनाक्ष दैत्यको संहार गरि नर्कमा राखिएको पृथ्वीलाई नर्कबाट उन्मुक्ती दिनु भयो ।
चौथौ अवतारको रुपमा नरसिंह अवतार लिनु भयो । यस अवतारमा भगवान पशु र मानवको समिश्रणको रुपमा जन्म लिई हिरण्य कक्षपुरलाई दण्ड दिनु भयो ।
पाँचौ अवतारको रुपमा बामन अवतार लिनु भयो । यस अवतारमा भगवान होचो कदको मानिसको रुपमा जन्मेर बलिराजाबाट संसारलाई मुक्त गरि पातालको राजा बनाएका थिए ।
छैठौं अवतारको रुपमा पर्शुराम अवतार लिनु भयो । यस अवतारमा भगवान पुर्ण रुपले मानव भएपनि रिसाहा, अमर्यादित स्वभाव मानिसको अवतार लिनु भयो ।
सातौं अवतारको रुपमा राम अवतार लिनु भयो । यस अवतारमा भगवान मर्यादा पुरुषोत्तमको रुपमा जन्म लिनु भयो ।
आठौं अवतारको रुपमा कृष्ण अवतार लिनु भयो । यस अवतारमा भगवानले जगतलाई धर्मको ज्ञान दिनु भयो । के गर्नु हुन्छ र के गर्नु हुन्न भने ज्ञान दिनु भयो ।
नवौं अवतारको रुपमा बुद्ध अवतार लिनु भयो । यस अवतारमा भगवानले दु:खको कारण के हो ? यसको निराकरणको उपाय के हो भनेर ज्ञान दिनु भयो ।
लेख: GR Ranjit
स्रोत: Sanjay Ranjit


