
मुनि बहादुर शाक्य (Muni Bahadur Shakya)
विश्वका बैज्ञानिकहरुले विभिन्न उपकरणहरुको आविष्कार गरि रहन्दा नेपाली बैज्ञानिकहरुले कहिले यस्तो गर्ला भने प्रश्न उठ्न सक्छ । तर याद रहोस कि विभिन्न उपकरणको आविष्कारमा नेपालीहरुको योगदान उल्लेखनीय रहेको छ । आधुनिक कम्प्युटरको आविष्कार, आधुनिक हतियारको आविष्कार, मंगल ग्रहमा पानी छ भनेर पत्ता लगाउने सबै नेपालीहरु नै हुन । नेपाली बैज्ञानिकहरुको कुरो गर्दा नेपालका प्रथम बैज्ञानिक भनेर चिनिने गहेन्द्र शम्सेर, लगायत लुजेन्द्र ओझा, कपिल पौडेल, महाबिर पुन, मुनि बहादुर शाक्यको नाम अग्रस्थान आउँदछ । मुनि बहादुर शाक्यलाई नेपाली कम्प्युटर बैज्ञानिक भनेर चिनिन्छ । उनी सानै छन्दा युरि गागृनले चन्द्रमामा पुगेको समाचार सुनेर अन्तरीक्ष हेर्ने ईच्छाले आफ्नो हजुर बुबाको चस्माको प्रयोग गरि टेलिस्कोपको आविष्कार गरेका थिए । जुन टेलिस्कोपले बृहस्पति ग्रह सम्म देखिन्थ्यो । सन १९७९ मा एउटा माइक्रो कम्प्युटर बनाएका थिए जुन दक्षिण एसियाली सम्मेलनमा प्रदर्शन गरेका थिए । यहि नै दक्षिण एसिया कै पहिलो माइक्रो कम्प्युटर थियो । यस कम्प्युटरको बारे त्यस समयमा ८८ देशका पत्रीकाले समाचार बनाएर छापेका थिए । सन १९८० मा एक अमेरिकन कम्पनीले मुनि बहादुर शाक्यलाई आफ्नो कम्पनीमा रिसर्चमा सहयोग गर्ने आग्रह गरे पश्चात् उक्त कम्पनीमा काम गर्न थाले । उहाँले नै ९०० के बि को फ्लोपी डिक्सको निर्माण गरेका थिए । यो एक प्रबिधिको क्षेत्रमा ठूलो उपलब्धी थियो । नेपाल मै केही गरौ भने सोचले अमेरिकाबाट नेपाल फर्केर सन १९८३ मा कम्प्युटरमा देवनागरी भाषाको प्रयोग गरेर त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेका थिए । पछि सन १९८४ मा उहाँले हाईटेक पायनिर प्रा लि नामक कम्पनी खोलेका थिए । जुन कम्पनीको मुख्य उदेश्य व्यावसायिक रुपमा माइक्रो कम्प्युटर बनाउने थियो । तर बिदम्बना उहाँको कम्पनीले उत्पादन गरेको कम्प्युटर व्यावसायिक रुपमा सफल हुन सकेन । यसको प्रमुख कारण कम्प्युटरको कच्चापदार्थमा लागाएको १५% कर नीति थियो । जबकी त्यस समय चुरोटको कच्चापदार्थमा १% मात्र कर नीति थियो । तैपनी उहाँले हार मानेका छैन । आज पनि उहाँ रिसर्च मै लाग्नु भएका छ ।
लेख: GR Ranjit


