अधिमास/ मलमास/ पुरुषोत्तम मास/ leap year
पृथ्वीले सूर्यलाई परिक्रमा गर्न ३६५ दिन ६ घण्टा ९ मिनेट लागाउदछ । हामी बर्षमा ३६५ दिनको हिसाब गर्छौ । जबकी पृथ्वीले सूर्यको परिक्रमा गर्न ६ घण्टा ९ मिनेट बढी समय लगाउछ । तसर्थ हरेक चार बर्षमा ३६६ दिनको एक बर्ष हुने गर्दछ । यसै एक दिनलाई अंग्रेजीमा leap year भनिन्छ । त्यस्तै २९ देखि ३२ दिनलाई एक महिना भनिन्छ । उक्त महिनालाई मास भन्ने गरिन्छ । सूर्यको गति अनुसार गणना गरिने महिनालाई सौर्यमास भनिन्छ भने चन्द्रमाको गति अनुसार गणना गर्ने महिनालाई चन्द्रमास भनिन्छ । चन्द्रमास भन्नाले महिनाको औसि पछिको प्रतिपर्दाको दिन देखि महिनाको औसि सम्मको दिनलाई भनिन्छ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २९ दिन १२ घण्टा ४४ मिनेट २४ सेकेन्ड समय लगाउछ । यसरी हिसाब लगाउने हो भने एक बर्षमा ३५४ दिन मात्र हुने गर्दछ । सौर्यमास अनुसार बर्षमा ३६५ दिन हुन्छ भने चन्द्रमास अनुसार बर्षमा ३५४ दिन मात्र हुने गर्दछ । यसरी गते भन्दा तिथि ११ दिनले चाडो हुने भयो । तसर्थ तिथि र गतेलाई मिलान गर्न ३ बर्ष पछि १ महिना थप गरिएको छ । जसलाई अधिमास वा मलमास भनिन्छ । यस अधिमासलाई भगवान सूर्यले आफ्नो आधिपत्य स्वीकार नगरेकोले भगवान पुरुषोत्तम (नारायणले) आफ्नो आधिपत्य स्वीकार गरेको कारण यस मासलाई पुरुषोत्तम महिना भनिएको हो ।
GR Ranjit


