By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
    मुनि बहादुर शाक्य (Muni Bahadur Shakya)
    असार १९, २०८०
Reading: राजा रणजित मल्ल
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > ब्यक्ति र ब्यक्तित्व (Person and Personality) > राजा रणजित मल्ल
ब्यक्ति र ब्यक्तित्व (Person and Personality)

राजा रणजित मल्ल

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/08/12 at 3:17 AM
By किंवदन्तीमा भक्तपुर 5 Min Read
Share
5 Min Read
SHARE

राजा रणजित मल्ल (King Ranajit Malla)

सन १७०३ मा राजा भूपतिन्द्र मल्ल र रानी विश्व लक्ष्मीका पहिलो सन्तानको रुपमा राजा रणजित मल्लको जन्म भएको थियो । सन १७२२ मा बुबाको स्वर्गारोहण पश्चात् राजगद्दीमा बिराजमान हुनु भएको थियो । भक्तपुरको बिकासमा उलेख्य भुमिका रहेका राजा रणजित मल्लको बिबाह राजकुमारी वृद्धिलक्ष्मी मल्लसंग भएको थियो । रानी वृद्धिलक्ष्मीका तर्फबाट जेठा छोरामा देवेन्द्र मल्ल थिए भने ऋद्धिलक्ष्मीका तर्फबाट जेठा वीरनरसिंह मल्ल र कान्छी रानी जयलक्ष्मी (मनमैजु)को तर्फबाट सात छोराहरु (भाजुराजाहरू) मा जेठा मनोरथसिंह मल्ल, माइला धनसिंह, साइँला उपेन्द्रसिंह, काहिँला अच्युत (अजित) सिंह, ठाइँला, अवधूतसिंह, कान्छा लक्ष्मीनरसिंह र सानोकान्छा जयनारायणसिंह थिए । बुबा भूपतिन्द्र मल्लले सुरु गरिएको स्वर्णद्वारको कार्यलाई राजा रणजित मल्लले निरन्तरता दिएका थिए । सुनको कमिले निर्माण कार्यमा ढिलो भएको यस स्वर्णद्वार सन १७५४ मा मात्र सम्पन्न भएको थियो । यसै द्वारमा राखिएको स्वर्णपत्र अनुसार नेपाल मण्डल अन्तर्गत नाल्दुम पुर्व दुधकोशी पश्चिम दोलखा सम्म रणजित मल्लको शासन रहेको थियो । त्यस्तैगरी १७२० मा खिचाखो गांको जिर्णोद्वार र १७३७ मा तलेजु भवानीमा समर्पित तग्गो गां (big bell) बनाएका थिए । ९९ चोकहरु मध्य एक भैरव चोकको प्रवेशद्वारको दायाँ पति आफ्नो र बायाँ पति बुबाको शालिक बनाउन लगाएका थिए जुन हालसम्म पनि सुरक्षित अवस्थामा रहेको छ । उहाँको समयमा बिष्णु पौभा चित्रकलालाई विशेष महत्व दिएका थिए भने उहाँकै पालामा चांदीका सिक्काको प्रचलन समेत गरेको थिए । उनलाई नरम स्वभावको र दयालु हृदयको राजाको रूपमा वर्णन गरिएको छ । उपत्यकाका अरु राज्यमा पृथ्वीनारायण शाहले बस्ने अनुमती नपाएपछी भक्तपुरमा उहाँलाई बस्ने अनुमती मात्र होइन आफ्नो छोरा वीर नरसिंह मल्लसंग मीत सम्म लगाइ दिए । मीतको लागि प्राण समेत दिने संस्कार रहेका राजाले युद्धकलाका साथै हातहतियार बारे तालिम समेत दिएका थिए । उहाँले सन १७६१-१७६३ सम्म भक्तपुरका साथै पाटनका पनि राजाको रुपमा काम गरेका थिए । वीर नरसिंहको रहस्यमय तरिकाले बिष खुवाएर हत्या भएपछि भाजुराजाहरुले राजा रणजित मल्ललाई सत्ताको लागि दवाव दिन थाले । यसै बिच गोर्खालीहरुले किर्तिपुर, कान्तिपुर र पाटन जितेपछी राजा जयप्रकाश र तेजनरसिंह भक्तपुरको शरणमा पुगे । सन १७६९ बि.सं १८२६ मा पृथ्वीनारायणको पत्रको जवाफमा सम्पूर्ण जनता र राजाले शरणमा आएकाको रक्षा गर्छौं, फिर्ता बुझाउने छैनौँ भन्ने जवाफ दिएपछि गोर्खाली मीतछोराले मीतबाबुसँग युद्ध गर्नैपर्ने भयो । यस युद्धको नेतृत्व मल्ल राज्यहरूका तर्फबाट भाजुराजा अवधूतसिंह, राजा जयप्रकाश मल्ल र राजा तेजनरसिंहले गरेका थिए । यस युद्धमा पनि भाजुराजाहरूमध्ये अवधूतसिंह र अजितसिंहबाहेक सबै भित्री रूपमा गोर्खालीसँग मिलेका थिए । गोर्खालीले कब्जा गरेको उत्तरतर्फका नाल्दुम, दोलखा र दक्षिणको मकवानपुरबाट नाकाबन्दीमा परेका र कीर्तिपुरे जनताको नाक काटिएको देखेका त्रसित जनता पनि नेपालमण्डलहरूलाई बचाउन उठेनन् । फलस्वरूप तीन दिन चलेको भक्तपुरको युद्धमा हार खाई तीनैजना राजाहरूले पगडी झिकी देखाई विसं १८२६ मा आत्मसमर्पण गर्नुपर्‍यो । मात्र १५०० गोर्खालीले भक्तपुरको ५०१ घरमा आगो लगाएका थिए र यस आक्रमणमा २१०० जना नेवार मारिएका थिए । भक्तपुरको प्रख्यात अभिलेखालय, पुस्तक, दस्ताबेज  समेत जलाइएको थियो । भक्तपुर जितिसकेपछी युवराज देवेन्द्रका छोरालाई दरवारबाट सुरुङ मार्ग भै भगाएको बेला सुरुङ्को मुख हरिशंकर मन्दिर (लापांद्य:) अगाडि पुगेको बेला हत्या गरिएको थियो जहाँ हाल सम्म पनि एक ढुङ्गाले छोपेर राखेको छ । त्यसपछि केही भाजुराजाहरू पृथ्वीनारायण शाहले पहिले वचन दिएझैँ भक्तपुरको राज्य हाम्रो हुने भो भनी राज्य माग्न जाँदा पृथ्वीनारायण शाहले उल्टो उनीहरूलाई काठमाडौंमा कैद गरे । आफ्नो बाबुलाई धोका दिने गद्दार तिमीहरूले मलाई के छोड्छौ? भनी उनीहरूको नाक काट्न लगाई सर्वस्व हरण गरेपछि पृथ्वीनारायण शाहलाई मार्न उहाँका छोरा अवधूत सिंह मल्लको योजनामा भक्तपुरको न्हू पुखु (रानी पोखरी) मा रहेको ह्वाङ ह्वाङ पाटीमा लुकेर बसेका सर्दार भवानी सिंहले जब पृथ्वीनारायण शाह माथी आक्रमण गरियो तब तरवार म्यानमा अड्किनाले अंगरक्षक हर्ष पन्थले भवानी सिंहलाई त्यहीँ मारिदिए । यसरी पहिलो भक्तपुर विद्रोह असफल भयो । त्यस्तै राजा रणजित मल्ल, रानी जयलक्ष्मी र छोरा अबधूत सिंहमल्ल समेतलाई काशी पठाएका थिए । काशी जानेक्रममा “राम हा अ जि गन वनेगु …..” भन्ने गीतको रचना समेत गरेका थिए । तसर्थ उहाँलाई नेपाल भाषाका संरक्षकको रुपमा पनि मानिन्छ । काशी जानेक्रममै उहीँ साल भारतको बरणसीमा उहाको स्वर्गारोहण भएको थियो ।
लेख: GR Ranjit

You Might Also Like

राजा भूपतिन्द्र मल्ल

लंदेव रंजितकारको धार्मिक यात्रा

स्व. बुद्धि बहादुर रंजितकार

बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)

मुनि बहादुर शाक्य (Muni Bahadur Shakya)

TAGGED: राजा रणजित मल्ल
किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.