महाकाली फल्चा (Mahakali Falcha)
तपाइँहरु नझुकिनु होला तलको फोटो कुनै मन्दिरको होइन । यो त एक फल्चाको फोटो हो । यस फल्चाको नाम महाकाली फल्चा हो । भक्तपुर वडा नं ६, लालाछेंमा अवस्थित यस फल्चामा बैशाख ४ गते द्य:स्वगं दिने दिन भोलाछें टोलमा अवस्थित महाकाली द्य:छेंमा रहेको महाकालीको मुर्ती राख्ने गर्दछ । भक्तपुरमा मनाउने बिस्का जात्राको छैठौं दिन “महाकाली महालक्ष्मी खट जुधाउने जात्रा” हुने गर्दछ । महाकाली र महालक्ष्मीलाई दिदी बहिनीको रुपमा लिने गर्दछ भने याछें गणेश (अशोक बिनायक) लाई तिनीहरुको भाइ भन्ने गर्दछ । भाइले दिदीहरुलाई जात्रामा बोलाउने भनेर याछें गणेशको जात्रा याछेंबाट दुगुमला, गोल्मढी, दामलाचा गल्ली, भोलाछें, थालाछें हुन्दै पुन: याछें मै पुर्याउने गर्दछ । महालक्ष्मीले महाकालीलाई माइत जाऊ भनेर बाेलाउन जादा महाकाली श्रीगाँर गरेर बस्दा ढिला भएछ । दिदीहरुलाई बोलाएर आफू चाहिँ याछें गणेशको द्य:छेंको छिंडीमा लुकेर बस्दछ । दिदी बहिनी माइतीमा आउँदा माइतिको धोका बन्द भएको देखेर भएको मनमुटावको प्रतीक महाकाली र महालक्ष्मीको खट जुधाउने गर्दछ । यसरी खट जुधाउँदा महाकाली र महालक्ष्मीको खटलाई तीन पटक जुधाउने गर्दछ । खट जुधाएपछि बैशाख ३ गते महाकालीको मुर्तीलाई यस फल्चामा राख्ने गर्दछ । भोलि ४ गते द्य:स्वगं दिएपछि उक्त मुर्तीलाई बाजागाजाका साथ भोलाछें अवस्थित द्य:छेंमा पुर्याउने गर्दछ ।लेख: GR Ranjit


