By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: बनेपा (भोंत)
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > स्थान (Place) > बनेपा (भोंत)
स्थान (Place)

बनेपा (भोंत)

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/08/28 at 2:32 AM
By किंवदन्तीमा भक्तपुर 6 Min Read
Share
6 Min Read
SHARE

बनेपा (भोंत)

काठमाण्डौं उपत्यकाबाट पुर्व तिर रहेको एकदम पुरानो नेवार बस्ती रहेको एक शहरलाई भोत भनिन्छ । प्राचीनकालमा भोंत भनिएपनि हाल बनेपा नामले प्रसिद्ध पाएको यस नगर राजा आनन्ददेवले निर्माण गरेका थिए । बनेपामा पहिले ‘भोलाखा’ भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष ४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेवले बनेपा वरिपरिका स-साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नयाँ बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिर समीप ढोका, पोखरी र पाटी बनाइदिएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा-एउटा दाफा भजन थिए । उहाँले स्थापना गरेका अष्ट बिनायकका साथै रुद्रमति नदिको किनारामा चण्डेश्वरी मन्दिरको निर्माण पनि गर्न लगाइ देवीको लागि कोषको पनि व्यवस्था गरेका थिए । राजा आनन्ददेवले चण्डेश्वरी देवीको कृपा र निर्देशन पाएपछि सात गाउँ स्थापना गरेका थिए ।
• चण्डेश्वरी पिठा नजिक बनेपा
• धनेश्वर नजिकै श्रीखण्डपुर
• नेपालको प्रयाग तीर्थ नजिक पनौती
• नाला भगवती नजिकै नाला
• नारायण नजिकै धुलिखेल
• चौकोरा ऋषिको बासिन्दा नजिकैको चौकोट
• नासिका पिठा नजिकै सांगा
यसरी बनाएको बनेपा शहरमा रहेका अष्ट बिनायकहरुमा
• तुकम्प्वो गणेश: दक्षिणमा
(तुकम्पवो गणेशको मन्दिर बनेपाको नयाँ राज्य बनाएपछि अन्य सबै गणेश मन्दिरहरूमध्ये सबैभन्दा पहिले राजा आनन्ददेव मल्लले स्थापना गरेका थिए । यो बनेपाको प्रमुख मन्दिर पनि हो ।)
• कोभ: गणेश दक्षिणपूर्वमा
• वकु गणेश पूर्वमा
• थाछु गणेश उत्तरमा
• कान्थु गणेश उत्तरपूर्वमा
• क्वोंला गणेश दक्षिणपश्चिममा
• तलापुखु गणेश पश्चिममा
• ज्यासनानी गणेश उत्तरपश्चिममा
बनेपालाई नेपाल भाषामा भोंदेय् वा भ्वँत (भोंत) भन्ने गरिन्छ । सम्भवत तिब्बत (भोत) संगको ब्यापारको मुख्य केन्द्रको रुपमा रहेका कारण पनि यस नगरलाई भोंत भनिएको हो । बनेपा शब्द पनि वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि ‘बनेपा’ हुन आएको हो भन्ने गरिन्छ । बनेपालाई ‘भुज’ पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा ‘चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत’ उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । ‘ङ ग्राम’ भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुपर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई ‘बनिंयप्य’ उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस शहरलाई ‘विनयापुरी’ उल्लेख गरिएको छ ।
बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउठाउमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहा नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपानगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।
‘गोपाल राजवंशावली’ मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो । विशेषतः राम वर्द्धनहरूको राजनीतिमा ठुलै बाहुल्यता थिए । ज्योतिराम वर्द्धन त्यसताकाका महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । वि. सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो । अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुपर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४-५ वर्ष सम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो विरोह गरेपछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे । यसरी नेपाल राज्यमा गाँभिएको बनेपा नगर राजा यक्ष मल्ल सम्मका राजाहरुले शासन गरे । सन १४८२ मा राजा यक्ष मल्लको स्वर्गारोहण पश्चात् छोरा छोरीहरुमा राज्यको अंशबन्दा भए । जेठो छोरा राय मल्ललाई भक्तपुर, माइलो छोरा रण मल्ललाई बनेपा, कान्छो छोरा रत्न मल्ललाई काठमाण्डौ र छोरी धर्मवतीलाई पाटन परेछ । यसरी पुन: स्वतन्त्र बनेको बनेपा देशमा रण मल्ल पश्चात् केशब मल्ल र कृष्ण मल्ल राजा भएका थिए । बनेपामा राजा कृष्ण मल्लको शासन चलिरहेको बेला भक्तपुरमा राजा विश्व मल्लको शासनकाल थियो । राजा विश्व मल्ल कमजोर हुनाले शासनको बागदोर उनकी श्रीमती गंगा महारानीको हातमा थियो । गंगा महारानी कै नेतृत्वमा बनेपा माथी आक्रमण गरि पुन: बनेपालाई भक्तपुरमा गाँभिएको थियो । यसरी भक्तपुरमा गाँभिएको बनेपामा राजा रणजित मल्ल सम्मले शासन गरेका थिए ।
लेख: GR Ranjit

You Might Also Like

मु: दीप (Mu deep)

चौतारा (Chautara)

सांघुटार, रामेछाप (Saghutar)

ठोसे म्यागजिन (Those)

बाग्लुङ (Baglung)

TAGGED: बनेपा, भोंत
किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.