काँलाचा तीर्थ (Kalancha)
भक्तपुर वडा नं ५ मा अवस्थित एक तिर्थको नाम काँलाचा तीर्थ हो । खेतको बिचमा अवस्थित रहेको कारण सम्भवत यस तीर्थ मा आउने बाटो सहज नरहेको र बाटोमा काँडा भएकै कारण यस तिर्थको नाम काँलाचा भनिएको हो । यो एक पबित्र तीर्थ हो जसको महिमा निकै धेरै रहेको छ । शरीरमा खतेरा आयो भने यस तीर्थमा रहेको पोखरीमा नुहाउनाले खतेरा निको हुन्छ भने जनबिश्वास रहेको छ । यस पोखरीमा आउने नदिको मुहान सूर्यबिनायक जंगलको मुनि अवस्थित पौखेल हो । पौखेल स्थित जडिबुटीले भरिएको जंगलबाट रसिएर आएको पानी बगेर सिमिगाले हुन्दै यस तीर्थमा रहेको पोखरीमा मिसिने गर्दछ । यहाँबाट बगेर हनुमन्ते खोलामा मिसिने गर्दछ । यसरी जडिबुटीबाट रसिएर आएको पानी हुनाले यहाँ नुहाउने ब्यक्तिको शरीरमा आएको खतेर निको हुने गर्दछ । निर्मल एवं सफा पानी बग्ने यस पोखरीको पानी पिउन समेत प्रयोग गर्थे । तर हाल मुहान एवं त्यसका आसपासका क्षेत्रमा घरहरुको निर्माण तिब्र भएकोले यहाँबाट बग्ने पानीमा ढल मिसिन थालेको छ । हाल ढलको पानी मिसिएर बगेकै कारण यस तिर्थमा कोहि पनि नुहाउदैन । हुन्दा हुन्दा उक्त नदिले बगाएर ल्याएको माटो थुप्रीनाले यहाँ रहेका शिव लिङ्ग, नारायण, गणेश, सुर्य, चन्द्रका मुर्तीहरु, शिलालेख सबै दबिएर रहेको अवस्थामा रहेको छ ।
लेख: GR Ranjit


