
खोर्हे (Khworhe)
खोर्हे यानी कि हनुमानघाट । भक्तपुरको बडा नं ७ मा अवस्थित हनुमानघाट एक पवित्र तिर्थस्थल हो । जन्मदेखि मृत्युसम्मको कर्मकाण्ड गरिने यस स्थल त्रिबेणीको संगम स्थल हो । जगातीबाट बग्ने बिरा नदि तथा महेश्वरीबाट बग्ने भद्रा नदि जुन ठाउँमा मिलन भएको छ सोही स्थलमा अर्को नयाँ नदिको मुहान पनि रहेको छ । उक्त नदिको नाम तमसा हो । यसरी बिरा, भद्रा र तमसा नदिको संगमस्थल भएको कारण यो एक पबित्र तिर्थस्थल हो । तमसा नदिको सृष्टि कसरी भयो भन्दा लङ्का बिजय पछि राम, सीता र बजरंबली हनुमानले थकाइ मर्न यसै स्थानमा आएर स्नान गरि हालको नदिको तिरमा रहेको ठूलो ढुङ्गामा बसि संगै खान लाग्दा हनुमानलाई आफ्नो स्वामीलाई आफ्नो जुठो खुवाउन अप्ठेरो लागेर पुच्छरले गंगा सृष्टि गरि फल खाई हात पछाडी लागि धुनथाले श्री रामले यसरी समय समयमा हनुमानले आफ्नो हात पछाडी नितम्बमा लगेको देखेर के बाँडरको जात देखाएको भने पछि होइन प्रभु मेरो जुठो तपाईलाई कसरी खुवाउ भनेर एक फल खाईसके पछि गंगामा हात धुएको भने पछि श्री रामलाई अति करुणा लागेर अंकमाल गरेको थियो यसरी हनुमानको पुच्छरबाट सृष्टि भएको स्थानबाट पानी निस्केर नयाँ नदि बग्न थाले देखि यो त्रिबेणी रहन गएको हो भने यस स्थानको नाम हनुमानघाट रहन गएको हो । हालसम्म पनि हनुमान दिनको एक पटक यश स्थानमा स्नान गर्न आउँछ भन्ने गरिन्छ । जब हनुमान स्नान गर्न आउँछ तब उक्त नदिमा जाने मार्ग देख्न सकिन्दै पनि भनिन्छ । यसरी बगेको हनुमन्ते नदिको आकार ॐ आकारमा बगेको छ भने यस नदिको दक्षिण भागमा उत्तरगैया पनि रहेको छ । उत्तरगैया भन्नाले उत्तर तिर बगेको गंगा भन्ने बुझिन्छ ।
यहाँ ऋषि बाल्मिकीले स्थापना गरेको बाल्मिकेश्वर महादेव पनि रहेको छ । यस स्थानमा ऋषि बाल्मिकिको आश्रम तथा समाधी स्थल पनि रहेको छ ।
यहाँ प्रवेश गर्ने मुख्य द्वारमा अस्तमातृका गण रहेको छ भने बुद्ध, गणेश रामसीताको विशाल मुर्ती पनि रहेको छ । सितला माई, हनुमान, माता भगवती, बद्रीनाथ, द्रोपदी भिमसेनको समेत मुर्तिहरु रहेको छ भने श्री कृष्ण भजन मन्दल पनि यहाँ रहेको छ । भक्तपुरको दरवारस्वायरको ९९ चोक मध्य एक (हाल शारदा स्कुल) मा रहेको भुजसी नारायण (बुढानिलकण्ठ) १९९० सालको भुकम्प पछि यालाछेंबाट हनुमानघाटमा सारेकोछ । प्रवेशद्वारसंगै दुईवट्टा महाद्यो गुमा (पंचायन महादेव) राखिएको छ । पौष शुक्ल पुर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म गरिने व्रतको सुरुवात पनि यसै स्थानबाट भएको थियो । र सबै भन्दा महत्वपुर्ण त मानिसको मृत्यु पछि गरिने अन्त्यष्टी पनि यसै स्थानमा गरिने गर्दछ । उत्तर तिरको अन्त्यष्टी स्थल बौद्ध मार्गीहरुको हो भने दक्षिण तिरको अन्त्यष्टी स्थल हिन्दु मार्गीहरुको हो ।
Source:Amrit Mishra
-GR Ranjit


