By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    कालदचा/ कालदह/ धल्चा पुखु: (Kaal daha)
    September 1, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    ख्याल:
    September 2, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
    कुशे औशी/ बुबाको मुख हेर्ने दिन (Kushe Aushi)
    September 14, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > चाडपर्व (Festivals) > भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
चाडपर्व (Festivals)

भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/09/27 at 6:46 AM
By किंवदन्तीमा भक्तपुर 4 Min Read
Share
4 Min Read
SHARE
भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
लिच्छविकालदेखि अस्तित्वमा रहेको काठमाण्डौको ईन्द्रजात्रा पर्वमा जय प्रकाश मल्लको समय (वि.सं.१८१२–१३) मा चलनमा रहेको गणेश, भैरव, कुमारीका रथ तान्ने प्रचलनले अझ उल्लासमय बनाएको छ । भक्तपुरको चितपोल स्थित ल्योशिङ्गुबाट ३६ फिट लामो सल्लाको रुख ल्याई भाद्र द्वादशीका दिन बसन्तपुर दरवार अगाडि ठड्याइ ईन्द्रजात्राको शुभारम्भ गर्ने गर्दछ । आठ दिन सम्म चल्ने यस जात्रामा विभिन्न स्थानमा भैरवको मुर्ती बाहिर ल्याई पुजा गर्ने गर्दछ । यसलाई नेपाल भाषामा यन्या जात्रा भनिन्छ । त्यस्तै भक्तपुरमा पनि यन्या पुन्हीको दिन ईन्द्रजात्रा मनाउने गर्दछ । स्वर्गमा हुनलागेको गणेशको पुजा गर्न ईन्द्रकि आमा अदिति पारिजातको फूल र खाइसी नामको एक फल (किप) आवश्यक भएको र उक्त फूल मर्त्यलोकमा मात्र पाइने भएकोले आफ्नो छोरा जयन्तलाई मर्त्यलोक पठाउदा ञलाथ्व चौथी (गणेश चौथी) का दिन गरिने चथा: पुजामा पुजा गर्न राखिएको पारिजातको फूल (कसैकसैले ‘चथाः स्वां’ पनि भन्ने गर्छन्) कसैलाई नसोधी टिपे । यसरी श्री गणेशको पुजा गरिराखेको फूल र फल चोरेकै कारण जयन्तलाई समातेर नगरको चोकमा बाँधेर राखे । जसलाई नेपाल भाषामा यमद्य: भन्ने गर्दछ । यो जात्रा चथा:को आठौं दिन द्वादशीका दिन (काठमाडौमा ईन्द्रध्वजोत्थानका दिन) हुने गर्दछ । यसरी तत्कालिन भक्तपुरको २४ वटै टोलहरुको चोकहरुमा काठको खम्बामा यमद्य: लाई बाँधेर राख्दछ । यमद्य:लाई बाँधेर राखेकै कारण यस समयको झरिलाई यमद्य:को आमा (ईन्द्रको श्रीमती शची) रुएको (यन्या झरी) भन्ने गरिन्छ । चतुर्दशीका दिन काठमाडौमा मनाइने ईन्द्रजात्राको दिन भक्तपुरको सिद्धपोखरीमा दिपावली गरिन्छ र भोलि पुर्णिमाको दिन खौमा स्थित भगवान इन्द्रायणीलाई खटमा राखेर बाजागाजा सहित जात्रा गरेर सिद्धपोखरीमा पुर्याईन्छ । रंजितकार समुदायले लाखे निकाली ईन्द्रायणीको खट संसंगै सिद्धपोखरी परिक्रमा गरिन्थ्यो रे । तर हाल लाखे नाचले निरन्तर भने पाउन सकेको छैन । यसै दिन ईन्द्रायणीको दर्शन गर्न आउने भक्तालुहरुको घुइँचो लाग्ने गर्दछ । मल्लकालमा भक्तपुरलाई माथिल्लो, मध्य, र तल्लो क्षेत्र गरि तीन क्षेत्रमा बाँधेको थियो ।
प्रतिपर्दाको दिन माथिल्लो क्षेत्र सकोलानबाट यामता (त्रिशुल आकारको बति) र वाकुपती नारायणबाट मुपात्र ल्याउने गर्दछ । यो यामता बति हेर्यो भने आँखा तेजिलो हुन्छ भने जनबिश्वास पनि रहि आएको छ । आठ दिनको जात्राको अन्तिम तीन दिन मुपात्र जात्रा हुने गर्दछ । जात्राको पहिलो दिन भक्तपुर नगरका सलांगणेश, दोस्रो दिन छुमा गणेश र तेस्रो दिन मसान भैरवसँगसँगै मुपात्र जात्रा चलाइन्छ । मुपात्र भन्नाले पाताललोकको एकदम शक्तिशाली दैत्यराज हुन । नगर परिक्रमा गर्ने क्रममा जयन्तलाई सजाय दिन दैत्यराजले तीन पटक तरबारले यमद्य:लाई प्रहार गर्छन् । त्यही कुराको सम्झना गराउन जात्राको मुपात्रले टोलमा ठड्याइराखेका लिंगोलाई खड्गले प्रहार गर्ने चलन चलेको हो । त्यतिबेला जात्रालुले ठूल्ठूलो स्वरमा ‘ह्याचायगू कप मुपात्र, गेरा म्येसा ला’ अर्थात् हाँसको टाउको र गैँडाको मासु खाने मुपात्र भन्दै जिस्क्याउँछन् । मुपात्रसँगै दायाँबायाँ दुई अन्य व्यक्ति हुन्छन् । धिचा भनिने उनीहरू दैत्यराजका सहायक अर्थात् मन्त्री हुन् । मुपात्र जात्रा भक्तपुरको इन्द्रजात्राको प्रमुख आकर्षणको रुपमा लिइन्छ । दोस्रो दिनको जात्रा भक्तपुर दरबार स्क्वायरका चार धाम मन्दिरबाट नगर परिक्रमा गरी दरबार स्क्वायरमै पुगेर समापन हुन्छ । यसदिन भक्तपुरको मध्य क्षेत्र गोल्मढीबाट यामता ल्याउने गर्दछ । अन्तिम तेस्रो दिन टौमढीस्थित भैरव मन्दिरबाट सुरु भई त्यहीं पुगेर जात्रा सम्पन्न हुन्छ । यसदिन भक्तपुरको तल्लो क्षेत्र बंशगोपालबाट यामता ल्याउने गर्दछ । यसरी यामता मानन्धर समुदायले मात्र ल्याउने प्रचलन रहेको छ । जयन्तलाई छुटाउन पठाएको सल्ला गणेश र छुमा गणेशसंगको कुरा नमिलेपछि मुपात्रसंग युद्ध गर्न यसदिन मसान भैरव र ईन्द्रको बहान ऐरावत हातीलाई पठाएको सम्झनामा लाकोलाछें टोलबाट पुलुकिसी जात्रा हुने गर्दछ । पुलुकिसीले नगर परिक्रमाका क्रममा तौलाछें स्थित तलातुन्छी (इनार) मा पानी खाने र दत्तात्रय र लायकुमा आगो ताप्ने कार्य पनि भक्तपुरको ईन्द्रजात्राको प्रमुख आकर्षणको रुपमा लिइन्छ । यस पुलुकिसीले मुपात्रलाई भेटाएमा कुल्चेर मरिदिन्छ भन्ने पनि गरिन्छ । तसर्थ मुपात्र र पुलिकिसीको दुरी भने कायम गरिन्छ । यसै दिन जयन्त (यमद्य:)लाई छुटाएर यसै हातीमा सवार गरि स्वर्गलोक लगिन्छ भनि यमद्य: धालेर ईन्द्रजात्राको समापन गरिन्छ ।
लेख: GR Ranjit
फोटो: दिनेश रन्जितकार

You Might Also Like

सकिमना पुर्णिमा

ऋषेश्वर महादेव/ ऋषि पञ्चमी

तीज (Teej)

कुशे औशी/ बुबाको मुख हेर्ने दिन (Kushe Aushi)

पञ्जरां/पञ्चदान (Panchadan)

TAGGED: Indra jatra, ईन्द्रजात्रा
किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.