“कार” थपिएका थरहरु
यो कुनै अंग्रेजी शब्द कार जसको अर्थ मोटर होइन । यो एक नेपाली भाषाको शब्द हो जसको अर्थ विशेषज्ञ हो । जो ब्यक्तिले जुन काममा बिशेषज्ञता हासिल गरेका छन उसको थरमा पनि “कार” थपिएको हुन्छ । जस्तै कि रंजितकार, चित्रकार, ताम्राकार, शिल्पकार आदि । हाल यी थरहरु बाहेक कलामा बिशेषज्ञता प्राप्त ब्यक्तिहरुलाई कलाकार भन्ने गर्दछ । यसरी कार शब्दले बिशेषज्ञ भन्ने अर्थ लगाउछ । नेपालमा पाइने कार शब्द भएका थरहरु र तिनका कार्यहरु यस प्रकार छन ।
१. रंजितकार – बिशेषगरि रंगको काम गर्ने मानिसहरुलाई रंजितकार भन्ने गर्दछ । यी जातीका मानिसहरुले धागो, कपडा, चुनरी, हलिपत (बिश्वध्वज) हरुमा रंग लगाउने गर्दछ ।
२. चित्रकार – चित्रमा बिज्ञ ब्यक्तिहरुलाई चित्रकार भन्ने गर्दछ । यी जातीका मानिसहरुले पौभा चित्र, मुकुन्दो, लसकुस चित्र (विवाहमा मुल ढोकामा कुंदिएको पञ्च बुद्ध, वा शिव गण) हरु बनाउने गर्दछ ।
३. ताम्राकार – तामाका विभिन्न सर सामान बनाउने जातीलाई ताम्राकार भनिन्छ ।
४. मालाकार – यस जातीका मानिसहरुले फूलको माला बनाउने गर्दछ ।
५. शिल्पकार – काठका विभिन्न सामानहरु बनाउने, काठमा बुट्टा कुद्ने जातीलाई शिल्पकार भनिन्छ ।
६. शिलाकार – ढुङ्गा (शिला) को काम गर्ने, ढुङ्गाको मुर्ती, सामानहरु बनाउने जातीलाई शिलाकार भनिन्छ ।
७. कंसाकार – कयां (कसा) को काममा निपुर्णता भएका जातीलाई कंसाकार भनिन्छ ।
८. शिक्रकार – घर वा मन्दिरहरुमा विशेष दक्षता प्राप्त ब्यक्तिहरुले छाना छाउने गर्दछ । यसरी छाना छाउने जातीलाई शिक्रकार भनिन्छ ।
९. सिदुराकार – कपडा बुन्नेमा बिशेषता भएका जाति नै सिदुराकारा हुन ।
१०. ब्यञ्जनकार – मिष्ठान्न भोजन (खाना) पकाउने जातिलाई ब्यञ्जन्कार भनिन्छ ।
११. राजकर्णिकार – मिठाई पकाउने जातिलाई राजकर्णिकार भनिन्छ ।
१२. तण्डुकार – चामल बनाउने जातिलाई तण्डुकार भनिन्छ ।
लेख: GR Ranjit


