By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: किलेश्वर महादेव, छिन्नमस्ता माई र चांगु नारायण मन्दिर
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > मठ मन्दिर (Temples) > किलेश्वर महादेव, छिन्नमस्ता माई र चांगु नारायण मन्दिर
मठ मन्दिर (Temples)

किलेश्वर महादेव, छिन्नमस्ता माई र चांगु नारायण मन्दिर

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/08/06 at 9:32 AM
By किंवदन्तीमा भक्तपुर 4 Min Read
Share
4 Min Read
SHARE

किलेश्वर महादेव, छिन्नमस्ता माई र चांगु नारायण मन्दिर
Kileshwor mahadev, Chhinnamasta mai, and Changu Narayana Temple


एक समय निकै पराक्रमी दैत्यहरु र देवताहरु बीच महायुद्ध भएका थिए । उक्त युद्धमा देवताहरुको शक्ति छिन हुन पुगेपछि देवताहरु नारायण समेत नेपालको दोलागिरी पर्वतमा रहेको एक जंगलमा लुकेर बसिरहे । दैत्यहरुले यो कुरा चाल पाएर देवताहरुको संहार गर्ने उद्देश्यले दोलागिरी पर्वत पुगेर पर्वतलाई दोलादोला गरि हलाउन थाले । यो देखेर देवताहरुले भगवान शंकरको स्तुति गर्न थाले । संहारकर्ता भगवान शंकरले देवताहरुको यस्तो अवस्था देखि अति करुणा लागेर किल्लाको रुप धारण गरि दोलागिरी पर्वतमा किल्ला गाडिनु भयो । किल्ला गाड्नाले दैत्यहरुले उक्त पर्वत हलाउन सकेन । यसरी भगवान किलेश्वर महादेवको सृष्टि भएको थियो ।

यसै स्थानबाट शंकरले माता भगवतीको स्तुति गर्नु भयो र माता प्रकट हुनु भयो । माताले आफ्नो शिर छेडन गर्दा निस्केको रगतबाट हजारौ गणहरुको उत्पती पश्चात् पुन: दैत्यहरुसंग महा घनघोर युद्ध भयो । उक्त युद्धमा ती सम्पुर्ण दैत्यहरु संहार गरि देवताहरुलाई संरक्षण गर्नु भएका कारण माता छिन्नमस्ताको जयजयकार हुन थाले । यस घटना पश्चात् सम्पुर्ण देवताहरु आ-आफ्नो लोकमा फर्किनु भयो तर नारायण भने यसै रुखमा बिराजमान हुनु भयो ।

एक समयमा एक ग्वाला (गाई चडाउने मान्छे)ले आफ्नो गाई चडाउने क्रममा एक बालक एक रुखबाट निस्केर गाईको दूध पिउथे । साँझ जब दूध दुउन लाग्दा गाईले दूध दिएन । यहि क्रम निरन्तर जारी रहयो । यसरी गाईले दूध नदिएको कारण हैरान ग्वालाले एक दिन यसको कारण जान्ने निधो गरेर आफ्नो एक साथीसंग एक रुखको पछाडी लुकेर गाईलाई हेरि रहे तब उक्त रुखबाट सोही बालक निस्केर दूध खाएको सबै बिस्तार हेरि रहे । क्रोधले सो ग्वालाले उक्त रुख काटिदिए । जब रुख काटियो तब रुखमा अंकित भगवान बिष्णुको टाउको छेडन भयो र रुखबाट रगत बग्न थाल्यो । यो देखि ग्वालाहरु डराउन थाले र भगवान बिष्णुसंग क्षमा मागे । तब एक आकाशवाणी आई तिमीहरुले कुनै अपराध गरेको छैनौ । यो त मेरो ब्रम्ह हत्याको पाप मोचन भएको हो । तिमीहरु यसै स्थानमा मेरो पुजाआजा गर्नु भने पछि उक्त स्थानमा भगवान नारायण बिराजमान भएको किम्बदन्तीमा उल्लेख छ । आज सम्म पनि चांगुनारायण भगवानको पछाडी चाँपको बोट रहेको छ ।
चांगु एक नेपाल भाषाको शब्द हो । नेपाल भाषामा चां र गुँ दुई शब्द मिलेर चांगु शब्द बनेको हो । चां भन्नाले नेपाल भाषामा चासुमा (चाँपको बोट) हो भने गुँ भन्नाले जंगल भन्ने बुझिन्छ । यसरी चाँपको जङ्गलबाट चांगु रहन गएको भन्ने बुझिन्छ । चांगु नारायण एकदम पुरानो मन्दिर हो भन्ने  कुरा उपत्यकामा प्राप्त शिलालेखबाट पनि यहि कुरालाई प्रष्ट्याउँछ कि यो मन्दिर उपत्यकाका सबै भन्दा पुराना मन्दिर हुन । राजा मानदेव (४६४-५०५AD) ले जिर्णोद्वार गर्न लगाएको यो मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको भन्ने भनाई पाइन्छ ।

घमा द्यो जात्रा (बंशगोपाल जात्रा)

भक्तपुरको चांगुनारायण परिसरमा फागुन पुर्णिमाका दिन मनाइने एक जात्राको नाम हो घमा द्यो जात्रा । घमाको शाब्दिक अर्थ पांग्रा हो । यस जात्रामा सानो रथमा पांग्रा राखेर डोरीले तानेर रथलाई देश परिक्रमा गर्ने गरिन्छ । सम्भवत यो रथ विश्व कै सबै भन्दा सानो रथ मानिन्छ जसको उचाई ७ फिट र चौडाई पनि ७ फिट रहेको छ । रथमा राखिएको लामो काठ (त्वनसिं) मा सुन्दर भैरवको आकृतीका साथै दुई मयुरको बुट्टा कुदिएको हुन्छ भने उक्त काठको माथी चार हाती रहेको हुन्छ जसको अर्थ चार दिशा भने बुझिन्छ । यस रथमा भगवान बंशगोपालका साथै उनका दुई शक्तिहरु बिराजमान गराइन्छ । यस जात्रालाई बंशगोपाल जात्रा पनि भन्ने गरिन्छ । सम्भवत यो जात्रा गोपालवंशको पालाको जात्रा पनि भन्ने गरिन्छ । यहाँ रहेका भडेलहरुलाई पनि गोपालबंशी नै भन्ने गरिन्छ । यसरी गोपालबंशका देवता हुनाले यस देवतालाई बंशगोपाल भनेको हो भन्ने भनाइ रहेको छ ।

लेख: GR Ranjit
स्रोत: Amrit Mishra, Ram Prakash Bhatta, Prajen Gwala Bhadel

You Might Also Like

डोलेश्वर महादेव (Doleshwor Mahadev)

भद्रकाली (Bhadrakali)

बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath

मरु गणेश/ याछें गणेश/ अशोक बिनायक

टिच्चा महादेव/रत्नचुडेश्वर महादेव (Ticha Mahadev)

TAGGED: किलेश्वर, किल्ला, चांगु नारायण, चाँप, छिन्नमस्ता, दोलागिरी, मानदेव, हरिदत्त
किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.