मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
भक्तपुरमा रहेको याछें टोल बास्तबमा येँ छें बाट अप्रभंस भै याछें हुन पुगेको थियो । यहाँ रहेको गणेशको कारण यस टोलको नाम याछें हुन पुगेको थियो । यहाँ स्थापित गणेशको नाम अशोक बिनायक हो । येँ (काठमाण्डौ)को मरि स्थित मरु गणेद्य:को नाम पनि अशोक बिनायक नै हुन । मरु गणेशको नाम कसरी मरु गणेश रहयो र यहाँको गणेशको नाम कसरी याछें गणेश रहयो भन्ने बिषयमा एक किंवदन्ती रहेको छ । कसैकसैले मरु गणेशको मन्दिरमा गजुर नभएकोले यस गणेशको नाम मरु गणेश रहन गएको भन्ने गरिन्छ । तर बास्तबमा गजुर नभएर मात्र नभै गणेश नै नभएकोले मरु गणेश भनेको भन्ने पनि गरिन्छ । गणेश भगवान कसरी हरायो वा नभयो भन्दा काठमाण्डौबाट भक्तपुरमा बिबाह गरि आउनु भएका मुल जातिका बुहारी बिबाह पश्चात् पनि आउन नमानेपछि किन मानेनन भन्ने प्रश्न उठ्यो । दुलहीलाई चाहिने सम्पुर्ण सर-सामान दिएपनी नमाने पछि अन्तमा दुलहीलाई सोध्यो र उत्तरमा आफुले दैनिक रुपमा पुजा गर्ने आफ्नो कुल देवता अशोक बिनायक नदिए सम्म नजान्ने जिद्दी गरे पछि अन्तमा लौ लैजा भने अशोक बिनायक दिएपछी मात्र जान्न चाहे । यसरी आफुले बिबाहमा आफुसंगै ल्याएका अशोक बिनायक, यहाँ स्थापित गरि बसोबास गर्न थालेको हुनाले यस टोलको नाम याछें रहन गएको भन्ने भनिन्छ । यसरी मरु टोलको गणेशलाई भक्तपुर दिएर पठाएको कारण गणेश नै नभएको कारण त्यहाँको गणेशलाई मरु गणेश भनिएको हो ।
भक्तपुरमा मनाउने बिस्का जात्राको छैठौं दिन मनाउने एक जात्रा हो “महाकाली महालक्ष्मी खट जुधाउने जात्रा” । महाकाली र महालक्ष्मीलाई दिदी बहिनीको रुपमा लिने गर्दछ भने याछें गणेश (अशोक बिनायक) लाई तिनीहरुको भाइ भन्ने गर्दछ । भाइले दिदीहरुलाई जात्रामा बोलाउने भनेर याछें गणेशको जात्रा याछेंबाट दुगुमला, गोल्मढी, दामलाचा गल्ली, भोलाछें, थालाछें हुन्दै पुन: याछें मै पुर्याउने गर्दछ । यसरी दिदीहरुलाई बोलाएर आफू चाहिँ याछें गणेशको द्य:छेंको छिंडीमा लुकेर बस्दछ । दिदी बहिनी माइतीमा आउँदा माइतिको धोका बन्द भएको देखेर भएको मनमुटावको प्रतीक महाकालि र महालक्ष्मीको खट जुधाउने गर्दछ । यसरी खट जुधाउँदा महाकाली र महालक्ष्मीको खटलाई तीन पटक जुधाउने गर्दछ ।
लेख: GR Ranjit
स्रोत: Babu Kaji Ranjitkar


