मुनि बिहार /धर्म्म उत्तम महाबिहार (Muni Vihar)
मुनि बिहारको नाममा प्रख्यात भक्तपुर नपा वडा नं ७ इनाचोमा अवस्थित बिहारको औपचारिक नाम धर्म्म उत्तम महाबिहार हो । सन १६५५ (ने.सं ७७६) मा राजा जगत प्रकाश मल्लको पालामा निर्मित यस बिहार निर्माता मुनि बज्राचार्यको नामबाट बोलिचालीमा मुनि बिहार नामले प्रख्यात छन । बिहारको निर्माणसंगै बिहारको ब्यबस्थापनको लागि ३० रोपनी जग्गा समेत आयस्ता राखिएको र दाताका पुत्र तिब्बतको सिगात्से शहर स्थित प्रसिद्ध ताशिल्हुम्पो बिहार वा गुम्बाबाट आएका भिक्षु पद्मध्वजबाट संचालन भएको थियो । २५० बर्ष जति अन्धकार युगमा परेर भत्ताभुंग अवस्थामा पुगेको यो बिहारको सन १९५३ मा थेरवादी भिक्षु रत्नज्योती महास्थविरले हकवालाहरुबाट दानपत्र प्राप्त गरे देखि निरन्तर प्रगती हुन्दै आएर हिरक उत्सव मनाइसकेको छ । यस बिहारको पुर्व तिर पुरानो प्रमुख बुद्धको मुर्ती स्थापना गरिएको छ भने दक्षिण तिर धर्मशाला, पश्चिम तिर कुटि, उत्तर तिर ३ तल्ले उपोसथागार मन्दिर रहेको छ जसको माथिल्लो तल्लामा श्री शाक्यमुनि बुद्धको विशाल मुर्ती, युगल अग्रश्रावक र सिवली स्थविरका मुर्तिहरु स्थापना गरिएका छन । सन १९६० देखि यहाँ थेरबादी प्रब्रज्या पनि दिन थालिएको थियो । फलस्वरुप यो बिहार निरन्तर बिकास भइरहेको छ । थाइल्यान्डका राजगुरु भिक्षु संघराज सोमदेद फ्रान्याणसंवरको संरक्षणमा सन १९९८ देखि बिकासको क्रम बढ्दैछ्न । सन २००२ मा स्थापित भिक्षु तालिम केन्द्रमा २००३ देखि सामुहिक प्रब्रज्या तथा उपसम्पदा योजना संचालन गरि नेपालमा तथा थाइल्यान्डमा धार्मिक तथा सामान्य शिक्षा दिने ब्यबस्था गरिएको छ ।
लेख:-GR Ranjit


