ईन्द्रबर्ण ईन्द्रबर्ण महाबिहार (ईन्द्रवर्ट महाबह)यो बिहार भक्तपुर वडा नं ७, इनाचो टोलमा अवस्थित रहेको छ । सन १६७१ सालमा राजा जग ज्योती मल्लको पालामा यस बिहारको निर्माण भएको थियो । यस बिहारका मुख्य देवताको रुपमा अक्षोभ्य बुद्ध रहेको छ । यस बुद्धको दायाँतर्फ प्रज्ञापार्मिता र देब्रेपट्टि अबलोकितेश्वर (क्वापद्य:) रहेको छ । यस बिहार “बार्हे छुकेगु” कार्यको लागि प्रसिद्ध रहेको छ । बार्हे छुकेगु भन्नाले बज्राचार्य, शाक्य कुलका बच्चाहरुको कपाल मुन्दन गरि दीक्षा दिनुलाई बुझाइन्छ । भाद्र महिनामा सुरु हुने गुंला पर्वमा महिना भरी यस बिहारमा पनि गुंला बाजा बजाएर पर्व मनाउने गर्दछ ।
लेख: GR Ranjit


