नम्रा भगवान / नमो बुद्ध (Namo Buddha)
महासत्वको महाकरुणालाई देवताहरूले आकाशबाटै बोधिसत्व महासत्वको ठुलो प्रशंसा गर्दै स्तुति गरेको यस पुण्य भूमीमा स्थापित महाचैत्य नै नमो बुद्ध हुन । नमो बुद्धलाई नेपाल भाषामा नम्रा भगवान भनिन्छ । काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा अवस्थित भगवान नम्रा भगवान (नमोबुद्ध) चार बुद्धहरु मध्य एक हुन । नेवार समुदायले मनाउने गुलां पर्वमा चार बुधबार मध्य पहिलो बुधबार नम्रा भगवानको दर्शन गर्नेहरुको भिड लाग्ने गर्दछ । नेपाल सम्बत ९३० मा भक्तपुरको गोल्मढीबाट लंदेव रंजितकारले काभ्रेमा अवस्थित नम्रा भगवान सम्म आफ्नो जिउले बाटो नापे (दुन्दायगु) । यसरी महाघोरको भक्ति गरि पुन: त्यहाँबाट फर्किए । यसरी एकै दिनमा जिउले बाटो नाप्दै नम्रा पुग्नु र पुन: त्यसै दिन फर्किनाले एकदम थकित महसुस गरि भक्तपुरको गोल्मढीमा आफ्नो यात्रा बिसर्जन गर्नु भयो । यस्तो भक्तिभाव देखेर नम्रा भगवान खुशी भै दर्शन दिनु भयो । यसरी नम्रा भगवानले दर्शन दिनु भएकै कारण उहाँले यसै स्थानमा आफ्नो बसाइँ सर्नु भयो र भगवानले दर्शन दिनु भएको स्थानमा नमोबुद्धको चैत्य निर्माण गर्नु भयो । यसै चैत्यमा कार्तिक शुक्ल पुर्णिमा (कोजाग्रत पुर्णिमा) का दिन रंजितकार समुदायले पांचवटा गोप मारी राखेर बिशेष पुजा गर्ने गर्दछ । यसै पुजाका कारण नै यस टोलको नाम गोमारी रहन गएको थियो भने पछि गोमारीबाटै गोल्मढी रहन गएको थियो । त्यस्तै सकिमना पुर्णिमाका दिन रंजितकार समुदायले यस चैत्यको परिसरमा हलिमली गरि मकै भटमासको चैत्यको आकृती पनि बनाइन्छ ।
लेख: GR Ranjit
स्रोत: Ram Gopal Ranjit


