
झौर बहि (मंगलधर्मद्विप महाबिहार) (Jhaur bahi)
सन १७०७ सालमा राजा भूपतिन्द्र मल्लको पालामा यस बिहारको निर्माण भएको थियो । बिहार भन्ने बितिकै बौद्ध धर्मको एक पावन भूमी भन्ने बुझिन्छ । भक्तपुर गोल्मढीमा अवस्थित यस बिहारमा रहेको बुद्ध भक्तपुर नगरमा रहेका पाँच दिपंकर बुद्धहरु मध्य एक हुन । दिपंकर एक संस्कृत शब्द हो जस्को अर्थ बत्ती बोकेर आउनु हो । दिपंकर बुद्ध आज भन्दा एक सय हजार बर्ष पहिले यस धर्तिमा ज्ञानको दियो बाल्न आउनु भएको थियो । नेपाल भाषामा दिपंकर बुद्धलाई दिपंखा बुद्ध भनिन्छ । नेपाल मण्डलमा रहेको बिहारहरु मध्य भक्तपुरमा रहेको दिपंकारका पांच बिहारहरु भिन्नै प्रकारका छन । चारैतिर दुई तल्ले सत: बनाएको हुन्छ भने सत:को बिचमा ठूलो चोक बनाएको हुन्छ । उक्त चोकमा बुद्धका स्तुपा रहेको हुन्छ । सत:को एक कोठामा भगवान दिपंकरको अलौकिक मुर्ती राखिएको हुन्छ भने मुख्य प्रवेश द्वारको माथी पंचमुख झ्याल राखेको हुन्छ । एकदम शान्त वातावरणमा निर्मित यस स्थलमा एकपटक जान्दा नै पुन: जाउँ जाउँ लाग्ने वातावरणमा निर्माण गरेको छ । बिचमा रहेको तीनवटा चैत्यले यहाँको सुन्दरता अझ थप पारेको छ । त्यस तीन चैत्यहरुमा तथागत अक्षोभ्य, बज्रधातु चैत्य, सिक्ग्ररा चैत्य हुन । यस बाहेक श्री गणेश र महाकालको पनि प्रतिमा स्थापना गरेको छ । भाद्र कृष्ण त्रयोदशीका दिन पंचदान महा पर्वमा यहाँ जात्रा लाग्ने गर्दछ भने माघ सक्रान्तिको दिन समेत जात्रा लाग्ने गर्दछ । र साथै गुंला एक महिना विशेष मेला लाग्ने गर्दछ । पहिले पहिले रंजितकारहरुले दैनिक भजन समेत गर्ने गर्दथ्यो भने सकिमना पुर्णिमाका दिन रंजितकारहरुले नै हलिमली (रोटिको भगवान) समेत गर्ने गर्दछ ।
pic:- Suresh Kawan
लेख:-GR Ranjit


