कुटु बहि (शुक्रबर्ण महाबिहार) Kutu bahiभक्तपुर स्थित पाँचौ तथागत दिपंकर रहेको बिहारलाई कुटु बहि भनिन्छ । कुटु बहिलाई शुक्रबर्ण महाबिहार पनि भनिन्छ । हाल थेरवादी सिधान्त अनुसार यस बिहारलाई बौद्ध समंकृत बिहार पनि भनिन्छ भने शुक्रवर्ण महाबिहार भन्ने शब्द एक प्रकारले लोप भैसकेको छ । यो भार्वाचो स्थित बस पार्कसंगै अवस्थित रहेको छ । लिच्छविकालमा निर्मित यस बिहारका मुख्य देवता अक्षोभ्य बुद्ध हुन । अक्षोभ्य बुद्ध पञ्च बुद्ध मध्य निलो वर्णको भूमिस्पर्श मुद्रामा रहेका पूर्व दिशामा रहने बुद्ध हो । यस बुद्धलाई पञ्चतत्वको जलको संज्ञा पनि दिएको छ । साथै यस बिहारमा बज्रबाराही, बज्रधातु चैत्य, महांकाल, धर्मधातु चैत्य, र शिखरकुट चैत्य पनि रहेका छन । यहाँ रहेका दिपंकर बुद्धलाई पञ्चदानका दिन र सम्यकदानका दिन बिहारबाट बाहिर ल्याएर जयकिर्ती महाबिहार, चतुर्ब्रम्ह महाबिहार, मंगल धर्मद्वीप महाबिहार, प्रशन्नशिल महाबिहार हुन्दै आदिपद्म महाबिहारबाट नगरको परिक्रमा गराउने गरिन्छ ।
लेख: GR Ranjit


