अखण्डशिल महाविहार (अखं वहा)
लिच्छवि राजा नरेन्द्र देव (सन ६४०-६८३) को पालामा भक्तपुरका राजा नरेन्द्रदेवले काठमाण्डौका गुरु बन्दुदत्त र पाटनका ज्यापू रथचक्र र कर्कतक नागलाई साथमा लिइ असाम पुगेर करुणामयको स्तुति पश्चात् लोकहितका निम्ति भगवान लोकेश्वर अमरापुर भूमी (नेपाल) मा आउनु भयो । रातो मच्छिन्द्रनाथ राख्नलाई तान्त्रिक रुपमा भम (चराको नाम) उडाउँदा तीन ठाउंमा बसेको थियो । १. लोकेश्वर मन्दिर कुस्क इताछें २. हालको सिलु महादेव भएको ठाउँ ३. अखं बहाल । भक्तपुर वडा ४ बोलाछें टोलमा अवस्थित अखं बहालमा एक भब्य मन्दिर (सुन्ने अनुसार पांच तल्ले मन्दिर (प्रमाण नभेटिएको)) को निर्माण गर्न लगाएका थिए । पछि भुकम्पमा उक्त मन्दिर भत्किएपछी घरको संरचनामा विहार निर्माण गरेका थिए । उक्त विहारको नाम नै अखण्डशिल महाविहार हो । यसै विहारलाई अखं वहा पनि भनिन्छ । यसरी विहार नै बनेको कारण राजा नरेन्द्रदेवलाई मच्छिन्द्रनाथ भक्तपुर नै लग्नु थियो । जब बन्दुदत्त, रथचक्र र राजा नरेन्द्रदेव बीच त्रिपक्षय बैचारिक द्वन्द शुरु भयो तब यदि जात्रा नचलाएको खण्डमा भक्तपुर ल्याउने सर्तमा रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्गमती मै राखियो । मच्छिन्द्रनाथ राख्ने बनाएको विहार खाली रहेपछि निल वर्ण भगवान अक्ष्योभ्य बुद्धको प्रतिमा स्थापना गरियो । गुलां पर्वमा महिना दिन मेला लाग्ने यस स्थानमा विहारको मध्य भागमा रहेको चैत्यमा रंजितकार समुदायले कोजाग्रत पुर्णिमाका दिन विशेष पुजा समेत गर्ने गर्दछ । यसै विहारको कुन्नामा राखिएको माटो लगेर गथंमुगका दिन नवदुर्गामा महादेवको मुकुन्दो बनाउने गर्दछ । यस विहारको नजिकैको डाँडामा भगवान गोरखनाथको मन्दिर पनि रहेको छ ।
लेख: GR Ranjit


