
लुँ बहि (सुबर्ण महाबिहार) Lun Bahi
भक्तपुर नगरको गोल्मढी र सुकुलढोकाको सिमामा रहेको बिहार नै लुँ बहि हो । लुँ भन्नाले सुन हो भने बहि भन्नले बिहार हो । यसरी लुँ बहि भन्नाले सुनको बिहार भन्ने बुझिन्छ । यहाँ रहेका बुद्धको प्रतिमामा सुनको लेप रहेका कारण यस बिहारलाई लुँ बहि भनिएको हो । यसै कारण यस बिहारलाई सुवर्ण महाबिहार पनि भन्ने गर्दछ । सुनको वर्ण भएको कारण यस बिहारलाई सुवर्ण बिहार भनिएको हो । यस बिहारको मुख्य देवता भिमसेन भएका कारण यस बिहारलाई भिमसेन बहि पनि भन्ने गरिन्छ । अन्य स्थानमा रहेको भिमसेनको वर्ण रातो रंगको हुन्छ भने यस बिहारमा रहेको भिमसेन पनि स्वर्ण बर्ण कै रहेको छ । यस बिहारको माझमा एक लिच्छविकालिन चैत्य स्थापना गरेको कारण यो बिहारको निर्माण पनि लिच्छविकालमा नै भएको अनुमान गर्न सकिन्छ । सो चैत्यको दक्षिणमा स्वर्ण लेपन बुद्ध र पश्चिममा भिमसेनको तीन तल्ले मन्दिर स्थापना गरेको छ । यसका साथै सरस्वती, महांकालको मुर्तिहरु पनि राखिएको छ । बिहारको मुख्य प्रवेश द्वारमा तोरण सहित दुई तिर एक जोडि सिंह पनि राखिएको छ ।
लेख: GR Ranjit


