By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
    मठ मन्दिर
    मठ मन्दिर (Temples)
    Show More
    Top News
    सिलु महादेव/ फसि देग: (Silu Mahadev)
    August 29, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    Latest News
    डोलेश्वर महादेव (Doleshwor Mahadev)
    November 3, 2023
    भद्रकाली (Bhadrakali)
    October 18, 2023
    बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath
    September 13, 2023
    मरु गणेश/ याछें गणेश/ अशोक बिनायक
    September 4, 2023
  • चाडपर्व
    चाडपर्व
    चाडपर्व (Festivals)
    Show More
    Top News
    ख्याल:
    September 2, 2023
    पञ्जरां/पञ्चदान (Panchadan)
    September 12, 2023
    कृष्ण जन्माष्टमी (Krishna Janmastami)
    September 6, 2023
    Latest News
    सकिमना पुर्णिमा
    November 26, 2023
    भक्तपुरको ईन्द्रजात्रा (Indra jatra of Bhaktapur)
    September 27, 2023
    ऋषेश्वर महादेव/ ऋषि पञ्चमी
    September 19, 2023
    तीज (Teej)
    September 18, 2023
  • स्थान
    स्थान
    स्थान (Place)
    Show More
    Top News
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
    बाग्लुङ (Baglung)
    August 28, 2023
    Latest News
    मु: दीप (Mu deep)
    September 16, 2023
    चौतारा (Chautara)
    August 28, 2023
    सांघुटार, रामेछाप (Saghutar)
    August 28, 2023
    ठोसे म्यागजिन (Those)
    August 28, 2023
  • संस्कार-संस्कृति
    संस्कार-संस्कृतिShow More
    खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
    कार्तिक ४, २०८०
    एकान्त कुमारी (Ekanta kumari)
    अशोज २९, २०८०
    नेवारहरुको प्राचीन प्रेम कहानी (Love story)
    साउन २३, २०८०
    Charles Darwin law Vs दस अवतार
    असार ९, २०८०
    शैव धर्म र बौद्ध धर्म बिच सहिष्णुता
    असार ६, २०८०
  • मौलिक सामान
    मौलिक सामानShow More
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    कार्तिक १, २०८०
    देखा (Dekha)
    भदौ २९, २०८०
    नक्सा (Naksa)
    भदौ ६, २०८०
    भक्तपुरबाट हराएको राजगद्दी
    साउन ३०, २०८०
    कोजाग्रत पुर्णिमा र आल:मत: (Kojagrat Purnima and Aala mata)
    साउन १८, २०८०
  • परिकार
    परिकार
    परिकार Dishes
    Show More
    Top News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
    Latest News
    बजि (चिउरा) बनाउने परम्परागत विधि (Chiura)
    June 25, 2023
  • थरहरु
    थरहरुShow More
    छिपा (Chhipa)
    मंसिर ४, २०८०
    शाक्य (Shakya)
    साउन ५, २०८०
    “कार” थपिएका थरहरु
    असार २७, २०८०
    नेवा: जातिका थरहरु
    असार ३, २०८०
    नयार देखि नेवार सम्म
    जेष्ठ ८, २०८०
  • सम्पदा
    सम्पदाShow More
    राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
    मंसिर २७, २०८०
    टेराकोटा घर
    अशोज १९, २०८०
    कागेष्टमी /कायष्टमी (Kagestami)
    अशोज ६, २०८०
    दोकाद्य: (छ्वास अजिमा)
    अशोज ५, २०८०
    रूरू भैरव र महेश्वरी
    भदौ ३, २०८०
  • ब्यक्ति र ब्यक्तित्व
    ब्यक्ति र ब्यक्तित्वShow More
    राजा रणजित मल्ल
    साउन २७, २०८०
    राजा भूपतिन्द्र मल्ल
    साउन २६, २०८०
    लंदेव रंजितकारको धार्मिक यात्रा
    साउन १५, २०८०
    स्व. बुद्धि बहादुर रंजितकार
    साउन १५, २०८०
    बाबु कृष्ण रंजित (Babu Krishna Ranjit)
    साउन १३, २०८०
Reading: नम्रा भगवान / नमो बुद्ध (Namo Buddha)
Share
Notification Show More
Latest News
राजा रणजित मल्लका सात बाहा (दरवार) हरू
सम्पदा (Heritage)
सकिमना पुर्णिमा
चाडपर्व (Festivals)
छिपा (Chhipa)
थरहरु(Caste)
डोलेश्वर महादेव (Doleshwor Mahadev)
मठ मन्दिर (Temples)
खम्ये जात्रा र स्याकुत्याकु (Khame Jatra and syakutyaku)
संस्कार संस्कृती (Culture)
Aa
Aa
किंवदन्तीमा भक्तपुरकिंवदन्तीमा भक्तपुर
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
  • होमपेज
  • मठ मन्दिर
  • चाडपर्व
  • स्थान
  • संस्कार-संस्कृति
  • मौलिक सामान
  • परिकार
  • थरहरु
  • सम्पदा
  • ब्यक्ति र ब्यक्तित्व
Follow US
  • Advertise
© 2023 किंवदन्तीमा भक्तपुर. All Rights Reserved. l Powered by: GO BHAKTAPUR l Design & Hosted by: SITEMANDU
किंवदन्तीमा भक्तपुर > विहार (Bihar) > नम्रा भगवान / नमो बुद्ध (Namo Buddha)
विहार (Bihar)

नम्रा भगवान / नमो बुद्ध (Namo Buddha)

किंवदन्तीमा भक्तपुर
Last updated: 2023/08/23 at 8:30 AM
By किंवदन्तीमा भक्तपुर 5 Min Read
Share
5 Min Read
SHARE

नम्रा भगवान / नमो बुद्ध (Namo Buddha)

नमो बुद्धको अर्थ बुद्धलाइ नमस्कार भन्ने बुझिन्छ । अर्को थरीका अनुसार “अमोइ पुत्र” शब्दबाट पछि नमो बुद्ध हुन पुगेको भन्ने तर्क रहेको छ। तर यहाँ नमो बुद्धको अर्थ भगवान बुद्धलाई नमस्कार गरेको भन्ने बुझ्नु पर्छ।
“नमो बुद्ध” बारे एक किंवदन्ती यश प्रकार रहेको छ ।
उहिले परापूर्वकालमा पाँचाल देश (हालको पनौती) मा महारथ नामको धर्मिक राजाले राज्य चलाउँन्थ्यो। उहाँका महाप्रणाद, महादेव र महासत्व नाम गरेको तीन छोराहरू थियो। एक दिन ति तीनै राजकुमारहरू वनमा डुल्दै जान्दा घनघोर जंगलको विचमा पुगेछन । बाघ, भालुको त्रास बोकि सर्तक हुदै घुम्दै जाँदा एक कुनमा हलचलै गर्न नसक्ने अवस्थमा ५ वटा बाघको बच्चा (डमरूहरू) ले घेरिएर राखेका बाघिनीको सामुन्ने पुगेछन र ती बाघिनी धेरै दिनदेखि खान नपाएकाले दुब्लो हाड र छाला मात्रै थियो । ति राजकुमारहरूले बाघिनीको त्यस्तो अवस्था देखेर महासत्वको मनमा महाकरूणा उत्पन्न भयो र मनमनै सोच्न थाले कि अब खाना दिनलाई केही छैन र मैले मेरो रगत र मासु खुवाएर भए पनि यी बाघिनी र डमरूहरूलाई बचाउँनु पर्छ । आफ्नो शरीर त्यागेर अरूलाइ परोपकार गर्ने मौका यहि हो । केही समय पछि तिनै जना दाजुभाइ त्यहाँ बाट फर्के । तैपनी महासत्वको मन भने खुशी थिएन । र उनि दाईहरूलाइ छल्दै पुन: बाघिनीको सामुन्ने नै उपस्थित भए र आफ्नो शरीर दान गरियो तर बाघिनी धेरै दिन देखि केहि खान नपाएकोले निकै कमजोर र हलचल समेत गर्न सकेको थिएनन, त्यसैले गर्दा बाघिनी समक्ष महासत्वले शरीर नै भोजनको लागि दान गरे पनि बाघिनीले झम्टन सम्म सकेनन । झन त्यो अवस्थ देखेर महासत्व महाकरूणाले विह्वल भयो । त्यस्तो अवस्था देखेर महासत्वले यत्ता उत्ता हतियारहरू खोजे तर केहि पनि भेटिएन । तब नजिकै रहेको पुरानो बाँसको टुक्राले महासत्वले आफ्नो शरीरबाट रगत निकाल्दै बाघिनी र डमरूहरूलाई पिलाए । त्यसपछि तिघ्राका मासु बाघिनी र डमरूहरूलाई काँटदै खुवाए क्रमश अन्य भागका मासुहरू पनि खुवाउँदै जानुभयो। ति दुर्बल बाघिनी र डमरूहरूलाई आफ्नो शरीरको रगत र मासु खुवाइ केही सहास र बल बढेको देखेर पृथ्वी कम्पमान भयो। सुर्य पनि धमिलीन थाले र आकाशबाट सुगन्ध मिश्रित पुष्पहरू बर्षा हुनथाले साथै देवताहरूले आकाशबाटै बोधिसत्व महासत्वको ठुलो प्रशंसा गर्दै स्तुति पनि गर्न थाले । यसरी बोधिसत्व महासत्वले आफ्नो शरीर बाघिनीलाई दान गर्दै परम आनन्द र परम सुख प्राप्त गर्दै वहाँ परलोक हुनुभयो ।
यता यस्तो घटना घटदै थियो भने उता दरवारमा महारानी पनि त्यहिबेला मै निदाउँनु पुगेछन । र सपनामा आफ्नो दुई वटै स्तनहरू काटिएको, दाँत झरेको र तीन वटा परेवाको बच्चाहरूलाई बाजले लखेटेको देखेर ब्युझिनु भएछ । यस्तो सपना देख्नु अवश्य पनि नराम्रो संकेत हो । मैले के दु.ख भोग्नु पर्ने हो भनि महारानी रूदै कराउँदै राजालाइ बिन्ती गर्नु पुगिन । राजा महारथले महारानीलाई आश्वासन दिदै राजकुमारहरूलाई खोज्नुको निमित सैनिकहरूलाइ पठाए । त्यति नै बेला राजाले महाप्रणाद र महादेव त्यतै तिर आइरहेको देख्नु भयो। तर महासत्वलाई चाँहि नदेख्दा राजाको मनमा शंका उत्पन्न भयो । त्यति बेला महाप्रणाद र महादेवले भाई महासत्व संग भएको वियोगको कुराहरू बृतान्त बताए । महाप्रणाद र महादेवले राजा महारथ समक्ष यो घटना सुनेर राजपरिवारका सबै सदस्यहरू महासत्वको महाकरूणा चित्तलाई सम्झदै रूदै कराउँदै वहाँको हाडमात्र भएको स्थानमा पुगे । त्यो अवस्था देखेर महारानिले “अमोइ पुत्र” भनेर छोरालाई पुकारे । त्यही अमोइ पुत्र भन्ने शब्दबाट नमो बुद्ध हुन पुग्यो भन्ने कथन रहेको छ । त्यसपछि राजा र महारानीले धेरै विलाप गरेर आफ्नो छोराको अस्तुलाई पुजा गर्दै, सात वटा सुनको बट्टामा ति अस्तुहरूलाइ राख्दै महारथले त्यहाँ चैत्यको स्थापन गर्नु भयो र त्यही स्थानलाइ हामीहरू नमो बुद्ध भनि पवित्र धार्मिक स्थलको रूपमा मान्ने गर्छौ ।
त्यही महाकरूणाकारी बोधिसत्व महासत्व नै धेरै कल्प पछि फेरि नेपालको लुम्बिनीमा राजकुमार सिदार्थ गौतमको रूपमा जन्म लिनु भयो । त्यसपछी उहाँले गृह त्याग गरि बिहारको बोधगाया स्थित वृक्ष कल्प मुनि ६ बर्ष कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरी भगवान बुद्ध तथा सातौ बुद्ध हुनु भएको थियो । त्यसैबेलाका पाँचालाका राजा महारथ नै पछि कपिलवस्तुका महाराज शुद्धोधन र महारानी मायादेवीको रूपमा पुर्नजन्म लिनु भएको थियो भने महाप्रणाद मत्रयै बोधिसत्व (भविस्यका मत्रैया बुद्ध), महादेव मन्जुश्री बोधिसत्व, बाघिनी महाप्रजापति र ति पाँचवटा डमरूहरू पांच भद्रवार्गीय भिक्षुहरू हुन भन्ने बौद्ध दर्शन शास्त्रहरूमा भेटिन्छन।
लेख: GR Ranjit

You Might Also Like

धर्मधातु चैत्य (बंशगोपाल)

यालाछें विहार (Yalachhen Vihar)

स्वयम्भू – Swayambhu (सिंगुँ)

बज्रयोगिनी (Bajrayogini)

नम्रा भगवान / नमो बुद्ध (Namo Buddha)

TAGGED: Namo Buddha, नमो बुद्ध, नम्रा भगवान
किंवदन्तीमा भक्तपुर WordPress › Error

There has been a critical error on this website.

Learn more about troubleshooting WordPress.